गजल
|यसरी मेरो बाटोमा पाइलैपिच्छे भड्खालो आयो !
मेरा गोडा काटिएपछि बल्ल दौडिने पालो आयो !
बाको काँधमा चढिन्जेल हो जिन्दगी उकालो लाग्ने,
उक्लिन छोडेको दिनदेखि जिन्दगीमा ओरालो आयो !
पैसाले सम्बन्ध बनाउँदो रहेछ पैसाले बिगार्दो रहेछ,
आज उसको हातमा आफ्नै मित्रको कठालो आयो !
तिम्रो आगमनले रहेछ अन्धकार छाएको जताततै,
तिमिले दैलो छोडेपछि घरभित्र उज्यालो आयो !
जसलाई जिन्दगीभर पिँडिमा चड्न दिएन साहुले,
मर्दा आफ्ना आएनन् लास उठाउन गोठालो आयो !