सोच मग्न मस्तिष्कहरु


पल पलकमै फेरीरहने
सोच मग्न मस्तिष्कहरु
अनेकौं आकाक्षांहरुको भारी बोकेर
चलीरहेको समयलाई थाहै नदिई
घडीको सुइसँगै दौडी रहेका हुन्छन्

समय यती बलवान हुँदो रैछ
जस्ले इतिहासलाई नै उछिन्निरहेको हुन्छ
तर कहिलेकाहिं समय पनि पग्लिएर
हामीबाट मौन भइ चुपचाप बसेको हुन्छ

अबिरल यात्रामा भौतारिएर
बादल र बतास सँगसँगै उडेर
जीवनको खुशियाली समेट्न
आँखामा कैद गरिरहेका हुन्छन्

3 Comments

Leave a Reply to Arjun Bhatta Cancel reply

Your email address will not be published. Required fields are marked *