प्रधान न्यायाधीश ज्यू ! राष्ट्रघात गर्ने न्यायाधीशहरुलाई के कारबाही हुन्छ ?
|“समस्याको जड व्यवस्था हो । दलहरु त अपराधका हतियार हुन्, रोष र घृणलाई सही दिशा दिन नसके झन् ठूलो निराशाको खतरा ….।” सालिकराम पुडासैनी हत्या र रवि लामिछाने गिरफ्तारीको सन्दर्भलाई पारेर सर्वोच्च अदालतले एनसेलको पक्षमा फैसला गरेर नेपाल लुट्न पसेको विदेशी गिरोहहरुको पक्षमा अडान राखेको छ । बालुवाटार जग्गा प्रकरण काण्डमा राजनीतिक वृतका मानिसहरुलाई अलग्याएर अरु माथि मुद्दा लगाउने तयारी अख्तियारले सुरु गरेकोछ । विदेशी ज्वाइँहरुलाई नागरिकता दिनुपर्छ भनेर विदेशीले पालेका अपराधीहरु सल्वलाउन थालेका छन् ।” – भरत दाहाल,२०७६ भाद्र २२ बिहीबार
मृत घोषणाबाट बन्चित पार्टीहरु
आम जनताका सरोकारबाट आँखा चिम्लिएर जनता विरोधी गतिविधि तथा राष्ट्रिय हितका विरुद्धमा पार्टीहरु लाग्छन् । शुभलाभको खेतीमा संलग्नता देखिए पछि ती पार्टीहरु अन्ततः मृत्यु शैयामा पुगि सकेको अर्थ आम जनताले लगाउँछन् । ती लगाउनका लागि आफूलाई घोषितमा छोडिनका लागि मात्र रहेका हुन्छन् । यो मुलुकभित्र स्थापित पार्टीहरु भनिने क्रमश: नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी (एकीकरण पश्चात) यी देखिएका मूल पार्टीहरु राष्ट्रियता सम्बर्धन सवालमा यी मूकदर्शकको रुपमा आफूलाई उभ्याएका छन् । यहाँसम्म कि नेपाली काँग्रेस पार्टी भनेको भारतीय सरकारद्वारा संचालित पालित पोषित पार्टी हो । मुलुक भित्र भारतीय सरकारले नाकावन्दी लगाउँदा पनि संयुक्त राष्ट्रसंघको महाधिवेशनमा पुगेर नेपालका परराष्ट्रमन्त्रीसम्मले नाकावन्दी भारतीय सरकारले लगाएको छैन जस्ता झुट कुरा बोलेर परराष्ट्रमन्त्रीजस्तो पदको गरिमालाई समेत कलङ्कित बनाएको कुरा अन्तर्राष्ट्रिय क्षेत्रमा नै वदनामीको च्यादर ओढेर फर्किएका थिए । मुलुकनै लज्जित भएको कुरा तत्कालीन विश्व छापामा प्रमुख समाचार बनेका कुराको स्मरण अझै हामी माझ नै छ ।
मुलुक कसले चलाई रहेको छ ?
मुलुकभित्र जब–जब आम नेपाली जनता उहा पोह भइरहेका हुन्छन् र मुलुक भित्र जब–जब राष्ट्रिय एकता तथा सम्बर्धनका लागि हाथहरु एक अर्कामा जोडिन थाल्छन् त्यसबेला उच्च पदस्थ व्यक्तिहरु न्यायलयकै कुरा गरौं, एनसेल प्रकरणमा राष्ट्रलाई त्यस कम्पनीले तिर्नुपर्ने राजस्व अरबौंका तादातमा छ भनि रहँदा त्यसबेला एनसेलले तिर्नु नपर्ने राज्यलाई भनेर फैसला हुन्छ । यस किसिमका हरकत गरेर न्यायाधीश नै राष्ट्रप्रति घात प्रतिघातमा उत्रिनुको पछाडिका कारणहरु सांसदहरुले जान्नुपर्छ कि पर्दैन ? यी यस्ता प्रकरणले मुलुकको आर्थिक स्थितिलाई खल्वलाउनु तथा रसातलमा पुर्याउनका लागि किन यस्ता हरकत परिदृश्यहरु देखिन्छन् । यस किसिमका राष्ट्रियता प्रति सिधै खेलवाड गरिंदा पनि सम्बन्धित सरोकारहरुको मौनतालाई के भन्ने ? यी हरकतहरु पछाडि राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्ने हरकतहरुको लागि जिम्मेवार सरोकार व्यक्तिलाई कठघरामा ल्याइनु पर्छ कि पर्दैन ? मुलुकलाई संकट परेको अवस्थामा झन् मुलुकलाई आर्थिक मारमा चोट माथि चोट थपिने कार्यलाई किन निस्तेज गरिदैन ?
सिधै सिधै मुलुकको आर्थिक स्थिति गिजोल्नका लागि मुलुक बाहिरका शक्तिहरुको मिलोमतोका कारण देशको आर्थिक स्थितिलाई झन् झन् धरासायी बनाउन उद्दत भएका छन् । ती बाहिरी गतिविधिलाई मुलुकभित्र कै सम्बन्धित पक्षधरहरुको मिलोमतोको कारणबाट यस किसिमका देशद्रोही कार्यले प्रसय पाएको कुरा घाम जत्तिकै छर्लङ्ग भएको छ ।
राष्ट्रघाती मतियारहरु
राष्ट्रघाती मतियारहरु प्रष्ट रुपमा त्यसलाई चिन्न सकिन्छ र बुझ्न सकिन्छ । मुलुक भित्रका जुनसुकै क्षेत्रमा ती व्यक्तिहरुको पहिचान हुन्छ । ती शक्तिको आडमा आफूलाई सुरक्षित बनाएका हुन्छन् । यी मतियारहरुको प्रशासनिक क्षेत्र होस् वा विश्व विद्यालय क्षेत्र होस् सबैतिर पकड जमाएर बसेका छन् । शैक्षिक क्षेत्रमा अनुतिर्ण भएको व्यक्तिलाई गोल्ड मेडलको दावेदार बनाएर पुरस्कृत गरिन्छ । शैक्षिक क्षेत्रको गिर्दो कारणबाट विश्वका विभिन्न मुलुकका विश्वविद्यालयहरुमा हाम्रो स्थिति कस्तो हुने हो हाम्रा जेहेन्दार विद्यार्थीहरु यस किसिमका हरकतले गर्दा शैक्षिक स्तरको ह्रासपनले राष्ट्रको छवि के कस्तो स्थितिले उजागर गर्छ त्यो प्रष्ट हुँदैन र ? यस किसिमका घृणित कार्य गर्ने र गराउने व्यक्तिप्रति हदैसम्मको दण्डित हुनुपर्छ । आउँदो दिनहरुमा यस किसिमका हरकतहरु नदोहोर्याउन् ।
मुलुकभित्र रहेका विभिन्न पार्टीहरुमा राष्ट्रप्रति घात गर्ने, जनता प्रति उत्तरदायीत्व बहन नगर्ने, यस किसिमका प्रकृति भएका व्यक्तिहरुको भिड कै रुपमा ती सबै किसिमका व्यक्तिहरुको चलखेल रहेको छ । यस किसिमका चलखेल गर्ने व्यक्तिहरु, अमुक पार्टीको व्यक्ति, अमुक ठाउँमा अमुक स्थितिमा उसको पहुँचको लेखाजोखा गर्ने प्रति बेसुमारसँग आर्थिक लगानी गर्नेहरुको ताँती रहेको हुन्छ । ती व्यक्तिको पहुँच भनिएको ठाउँमा उसको पहुँच पुगे पछि फाइदाका काइदाका विभिन्न ढंगसँग प्रयोग भएको पाउँछौं । पार्टीका नेताहरुसँग जसको नियमित आयश्रोत छैन, नीजि लगानी तथा वैध तरिका उद्योग कलकारखाना नभएका व्यक्तिसँग करोडौं करोडौं सम्पत्ति थुप्रिनुको स्रोत के हो त ? स्पष्ट छ ती गैरकानुनी कार्यबाट थुपारेको अबैध सम्पत्ति नै हो । नेपाली काँग्रेसका पार्टी सभापति, नेपाली काँग्रेसका शीर्षर्थ नेताहरु, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष के.पी. ओली, प्रचण्ड तथा विभिन्न पार्टीका अन्य नेताहरुको आर्थिक स्रोत के हो ? कहाँबाट आयो उनीहरुसँग जिब्रो टोकिने सम्पत्तिहरु, यी सम्पत्ति स्रोत खुलाउनु पर्छ कि पर्दैन ? यदि नखुलाउने हो भने ती सम्पत्ति राष्ट्रियकरण गर्ने हिम्मत राख्नुपर्छ ।
भरखरै मन्त्रीपरिषद्को सम्पत्ति सम्बन्धी अख्तियारले हेर्न नपाउने कानुनको व्यवस्था गरेको छ । यो कानुनले मन्त्रीपरिषद्सँग सम्बन्धित व्यक्तिहरुको अबैध सम्पत्तिप्रति बैधको प्रकृया चालेबाट भ्रष्टाचारलाई संस्थागत किसिमले बैध बनाउँदैछ ।
राजतन्त्रको समाप्तीसँगै त्यसबेलाका उच्च पदस्थ कर्मचारीदेखि विभिन्न पार्टीका नेताहरु, सेनापतिदेखि प्रहरी प्रमुख ती ती व्यक्तिसँग देखिएका आर्थिक स्थितिका उच्च मापनको अनुसन्धान गरेर तह लगाउने हो भने मुलुकले नसोचेको सम्पत्ति राज्यको कोषमा जम्मा हुने छ । यी सबै कुराको लागि राष्ट्रप्रति समर्पित व्यक्तिहरुको टोली जो विभिन्न कालखण्डमा उनीहरु राष्ट्रप्रति समर्पित भएका व्यक्तित्वहरुको कमाण्डलाई यो ऐतिहासिक कार्यको जिम्मेवारी दिनु पर्छ । पार्टीका लोभी पापीहरुद्वारा संरक्षण र सम्बर्धन गरिएका प्रतिलाई निष्पक्ष जाचबुझ र कारवाहीको प्रकृयाको टुङ्ग्याउने जिम्मेवारीबाट अभिषेक गरिनुपर्छ ।
राष्ट्रलाई हानी नोक्सानी गर्न मिल्छ ?
एउटा असल कम्युनिष्ट, एउटा इमान्दारी नेता, एउटा असल प्रशासकले जहिले पनि देश र जनताप्रति उनीहरुले उनीहरु बफादारिता निभाएका हुन्छन् । राष्ट्रप्रति आफूलाई समर्पण गरिनुपर्ने भावबाट उनीहरु निर्देशित भएका हुन्छन् । राष्ट्रलाई अप्ठेरो परेको बेला आफ्नो ज्यानको बलिदान दिएर राष्ट्रप्रति ऋण लाएर जाने गरेका हुन्छन् । यस किसिमका व्यक्तिहरुलाई राष्ट्रले सम्मान गर्न कहिले पनि चुक्नु हुँदैन । यी शास्वत मान्यताहरु हुन् ।
“… यसै अवस्थामा पूर्व प्रधानन्यायाधीशहरु र पूर्व वरिष्ठ न्यायाधीशहरु सहित ७५ जनाको भेलाले एकै स्वरमा यस्तो चिन्ता व्यक्त गरेका छन् । प्राय पूर्व न्यायाधीशहरु अदालत र न्यायाधीशहरुका विषयमा आलोचना गर्न त्यति इच्छुक हुँदैनन् । बरु ढाकछोप गर्न नै उद्दत हुन्छन् । तर पूर्व न्यायाधीशहरुले संयुक्त भेला गरेर यसरी गम्भीर आपत्ति गरेको सम्वभवत न्यायापालिकाको इतिहासमा पहिलो घटना हो ।”
– लोकान्तर/ १, भाद्र २०७९
सर्वोच्च अदालतका न्यायाधीशहरुले एनसेलको पक्षधर तर्फ फैसला सुनाएको विरुद्धमा कुमार पौडेलले यसरी लेखेका छन् – “सर्वोच्च अदालतका श्रीमान्हरु एनसेलको पक्षमा देखियो । अब विप्लव मात्र होइन देशको राजस्व नतिर्नेलाई अरुले पनि वम पड्काउनु पर्ने मात्र होइन देशको राजस्व नतिर्नेलाई अरुले पनि वम पड्काउनु पर्ने स्थिति आयो । छि ! छि ! छि ! तिम्रो न्याय विकल्प नभए पछि जनताले वम र वारुदको सहारा लिनै पर्ने रहेछ ।” यी माथि कुमार पौडेलका अभिव्यक्तिले राष्ट्र र जनताप्रति तथा न्यायप्रतिको अटलतामा सर्वोच्च अदालतका न्यायाधीशहरुद्वारा गरिएको फैसला कतातिक परिलक्षित छ । राष्ट्रप्रति जिम्मेवार छन् राष्ट्रको सम्पतिप्रति निगरानी प्रति सर्वोच्च अदालतका न्यायाधीशहरु उत्तरदायित्वको घेराबाट बाहिर निस्कन मिल्छ ? राष्ट्रप्रति न्यायाधीश जिम्मेवार हुनुपर्छ कि पर्दैन ? यी यस्ता प्रश्नहरुको जवाफ कुमार पौडेलजीले उठाउनु भएको छ । राष्ट्रलाई होच्याउने, राष्ट्रलाई नोक्सान पुर्याउने न्यायाधीशहरुको अनुशासन तर्फ कुमार पौडेलको प्रश्न नकार्न सकिन्न ।
सम्माननीय प्रधान न्यायाधीशज्यू,
राष्ट्रप्रति जानी जानीकन सर्वोच्चका न्यायाधीशहरुले जसरी राष्ट्रप्रति घात र वेइमानी गरेका छन् यसका लागि हाम्रो मुलुकको न्याय व्यवस्थाको खिल्ली उडाइएको छ । हाम्रो स्वतन्त्र मुलुकको मौलिकता प्राचीनता तथा न्याय नपाए गोरखा जानु भन्ने ऐतिहासिक तथ्यमा आधारित न्यायप्रणाली माथि नै चोट पारेर छियाछिया बनाइएको छ । राष्ट्रप्रति घात गर्ने, नीजि स्वार्थका लागि देशप्रति घात गर्ने प्रवृति प्रति समय मै बन्देज लगाएर, तिनीहरुलाई कारवाहीको दायरामा ल्याएर राष्ट्रप्रतिको समर्पण दिशामा प्रत्येक नेपालीका लागि ऐतिहासिक महत्वको निर्णय प्रवाहका लागि सम्माननीय श्रीमानको अग्रसरता होस् ।
राष्ट्र उत्थानका लागि समर्पण
हाम्रा पुर्खाहरुको रगत पसीनाको निर्माण भएको मुलुक हो । श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको ओजस्वी नेतृत्वमा यस देशको निर्माणमा हाम्रा पुर्खाहरुले काँधमा काँध मिलाएर यसको विस्तार तथा यसको सृदृढिकरणका लागि ज्यान अर्पित गरेका थिए । यो मुलुकको दक्षिणी सिमानामा भारत छ । संसारको कुनै देशमा आवत–जावतका लागि राहदानीको अलावा प्रवेश निषेध गरिएको हुन्छ । यो मुलुक मै यस्तो छ सिमानापारिबाट हुलका हुल भारतीयहरुको प्रवेशलाई निर्वाध रुपमा खुकुलो बनाइएको छ । यो खुकुलो आवतजावतका कारण मुलुकको अस्तित्व दीर्घकालसम्म रहि रहन्छ भन्ने शंकाका प्रश्नहरु झन्–झन् प्रज्वलित रुपमा उठेका छन् । यस किसिमको प्रवेशलाई निषेध अनुकूल बनाउँदै नलैजाने हो भने मुलुकको अस्तित्व सँधै यसै किसिमबाट रहिरहन्छ भन्ने विश्वासका आधार बन्न सक्ने कुनै बाटो र उपाय भएका छैनन् ।
गृहमन्त्री रामबहादुर थापाले मुलुकका ७७ जिल्लाका जिल्ला प्रशासनलाई भारतीय नागरिकहरुलाई युद्धस्तरमा ६० लाखको संख्यामा नेपाली नागरिकता दिनु भन्ने आदेश गरिएको थियो । यस्तो आदेश दिने नैतिकता गृहमन्त्रीलाई छैन । यस किसिमको राष्ट्रघात गर्ने अधिकार कसले दियो यसको जवाफ आउनुपर्छ । यी यस्ता राष्ट्र विरोधी हर्कतहरुलाई त्यसको चुरो पहिल्याएर कारवाही गर्नुपर्छ । गृहमन्त्रिको आदेशपछि ती ७७ जिल्लामा जारी भएको नागरिकतालाई खारेजी पनि गर्नुपर्छ । राष्ट्रप्रति घात प्रतिघात गर्नेलाई किन कारवाहीको दायरा अघि बढाइइँदैन ? यतिका समय बितिसक्दा पनि कसैमाथि कारवाही नबढ्नुको कारण पर्दा पछाडिबाट देशप्रति घात गर्ने गिरोहको सञ्जालको प्रारुप त होइन ?
मुलुकलाई यसबेला दक्षिणी सिमानाबाट भारतीय सेना तथा प्रहरीले सिमा सिमा स्तम्भकारुपमा रहेका जङ्गे पिलर लडाउँदै गरेको बेला नेपाल प्रहरी र सेनातर्फ त्यसको प्रतिकार गरिएको कुरा पत्रपत्रिकामा आएको छैन । राष्ट्रप्रति यस किसिमको हेपाइ प्रवृति प्रति सम्बन्धित निकायको ध्यान तथा उनीहरुका दायित्व बारे नेपाली आम जनतामा ती राष्ट्रिय गौरबका सन्देश प्रवाह गरिनुपर्छ । देश र जनताप्रति गरिएका घात प्रतिघातमा देशभक्त नेपालीले हातेमालो गरिनुपर्छ । मुलुकभित्र रहेका कार्यालयमा भएका वेथिति तथा विकृतिका विरुद्ध आवाज उठाउँदै त्यसलाई समाधानका लागि सम्बन्धित पक्षलाई दवाव दिनु हामी सबैको नैतिक दायित्व हो । हामी प्रत्येक नेपालीमा सवलता तथा सक्षमता देशप्रतिको आफ्नो कर्तव्य र दायित्व बोध मिहिन तरिकाले निगरानी राख्दै जानु, वेथितिका विरुद्ध प्रतिकारका लागि आफूलाई सधैं तयारी अवस्थामा आफूलाई राखौं । यो मुलुक हाम्रा पुर्खाहरुले छोडेको नासो हो । यसको संरक्षण सम्बर्धन तथा यसको उन्नतिका लागि हाम्रा साथहरु हाम्रा पाइतालाहरु चालिनु पर्छ । राष्ट्रको मुक्ति र सम्बर्धनका लागि देशघातीका विरुद्धमा हामीले आफ्ना राष्ट्रियताका ओजहरु, हाम्रा राष्ट्रियता दायित्वहरुलाई चिन्तन मननका साथै आफूलाई राष्ट्रियताप्रेमीको रुपमा व्यवहारद्वारा आफूलाई प्रमाणित गर्न उत्प्रेरित होऔं । राष्ट्रप्रतिको आफ्नो दायित्व पूरा गरौं ।