गजल
|नश्वर जिन्दगी मरेर जान्छ
आखिर अग्निमा बलेर जान्छ
आखिर अग्निमा बलेर जान्छ
झेल्दछ उष्णता,तुषार,पानी
झर्दछ पात झैँ सुकेर जान्छ
पेल्दछ हर्दमै कठोरताले
निर्मम चोटले दुखेर जान्छ
मिल्दछ भेलमा बलिन्द्र आँसु
नौ सय वेदना सहेर जान्छ
सुक्दछ तेलको प्रवाह जैले
उज्जर रोशनी निभेर जान्छ
व्यर्थ छ पापको कमाइ साथी
पात्र अकीर्तिको फुटेर जान्छ
मानव चाहना हुँदैन पूरा
के भर यामको बितेर जान्छ
‘कोमल’ भावना लिएर बाँचौं
आदर लोकमा बढेर जान्छ
( भ र ज गु गु)
(६ अक्षरमा विश्राम )