मृगतृष्णा !

अब हिमालमा हिउँ छैन
छ केबल काला चट्टान
फुस्रो र नियास्रो
आँफैमा उराठ
सेतो चाँदी जस्तो हिउँको
नियास्रोमा बैराग्य ।

अब हिमालमा हिउँ छैन
छन् त केवल महत्वाकाँक्षी मान्छेहरु
सलबल सलबल आफ्नो तुष मेटाउन आतुर,
हिउँ देख्न आतुर
वा हिमाल जित्ने रहर।

अब हिमालमा हिउँ छैन
छन त केबल
हाम्रा महत्वाकाँक्षा
सबै उपभोग गर्ने,
आँफै हार्दै,
आँफैलाई हराउँदै
सबैलाई जित्नुपर्ने।

हिउँ बिनाको हिमाल भएपनि
हिमाल बिनाको पहाड रहेपनि
जित्नु छ जसरी नि’
जीवन हो या मृगतृष्णा !

Add a Comment

Your email address will not be published. Required fields are marked *