है त …

गेयताको सिन्धु बाट बगी आई गजल बन
बल् गरेर तुक् मिलाई न कि तिमी गजल बन।

लोली-बोली मिलाएर गाउन मिल्ने गजल बन
गजल कुनै चिठ्ठी होईन गजल जस्तै गजल बन।

बहर,छन्द तिम्लाई धेरै आए पनि गजल बन
गजल लेख्ने कुनै पुस्तक नभए’नि गजल बन।

गाऊँ-गाऔं लाग्ने, सुनूँ -सुनौं लाग्ने गजल बन
चरिचिट्ट छोऊँ-छोऔं लाग्ने, खाल्को गजल बन।

सिर्जनामा’मकता’कतै होस् कि नहोस् गजल बन
‘काफिया’ लाई सजाएर-मिलाउँदै गजल बन।

Add a Comment

Your email address will not be published. Required fields are marked *