पैसालाई प्रेमपत्र

२५ बर्ष पुग्न लागिसक्यो
तिमीसँग एकतर्फी माया बसेको
जिन्दगी एउटा प्रेमको मैदान रहेछ
त्यसैले एकदिन पाउछु भन्दै सङ्कल्प गरेको ।

धेरै रोए आमाको अगाडि
धेरै खोलि बाबुको गोजि
धेरै खोली दराजको चाबी
अनि भाग्थे घर पछाडी ।

अशिक्षितसँग प्रेम गर्दैनौ भन्छ समाज
त्यसैले चलाउदै छु मगज
तिमीलाई पाउन ,
नेता बनु कि अभिनेता ?
असल बनु कि खराब ?
कि बेच्न थालौ सराब ?
जब गोजि भित्र पुग्छ मेरो हात
तिमीसंगै बिताउन चाहन्छु जिन्दगीको साथ
थाहा छ , तिमीलाई पाउदैमा न त सन्तुष्टि हुनेछ
न त आन्नन्द हुनेछ
तर जे होस् ,
मेरो सम्पूर्ण जीवन
तिमीलाई पाउन समर्पित हुनेछ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *