भूतपूर्व छापामार !

हरियो रातो तारा भएको “क्याप”
ढल्काएर हिड्छ अचेल
टाउको अलि बाङ्गो पारेर
कुनैबेला यही टोपी लाएर
तनक्क तान्थ्यो जीउ गर्वले
र “लाल-सलाम” हान्थ्यो कामरेडलाई ,
अन्तीम निशानी हो युध्दको
यो रातो “क्याप” ।

हुन त पत्र पत्र परेर बसेका
अनगिन्ती सम्झनाहरु छन् युध्दका
छर्राका चोटसँग कहिल्यै नमेटिने गरि खोपिएका छन् कति जीउमा
कति जीउ भित्र छन् भत्भती पोल्ने गोलीहरु
बेला बेलामा प्राण नै निस्किएला झैँ हुन्छ अझैँ,
अनगिन्ती नमेटिएका दारुण कथाहरु छन्
कानमा लगातार परिरहने चिच्याहट
डर, त्रास, घृणा, आबेग र मृत्यूका
कहिल्यै नपुरिने खाटाहरु छन्
युध्द भनेकै नभरिने घाउ पो रहेछ !

Add a Comment

Your email address will not be published. Required fields are marked *