पहाडी परिवारमा समवेदना

नेपालका पुराना प्रशासक तथा समाजसेवी बद्री पहाडीकी धर्मपत्नी राधादेवी दाहालको ७५ वर्षको उमेरमा गत सेप्टेम्बर २९ को साँझ विराटनगरस्थित आफ्नै निवासमा निधन भयो । यही अक्टोबर ११, शुक्रबारका दिन १३ औं पुण्यतिथिका दिनको कार्य विराटनगरस्थित दाहाल निवासमा सम्पन्न भयो । स्व. दाहाल मानव अधिकारकर्मी कृष्ण पहाडीको आमा हुन् ।

पति बद्री पहाडी, मानवअधिकारकर्मी तथा नागरिक आन्दोलनका अगुवा कृष्ण पहाडी, साहित्यकार तथा समाजसेवी राम बाबु दाहाल, शोभा खनाल र पुजन पौडेल परिवारलाई परेको यस शोकमा शोकाकुल परिवारमा पुगेर राष्ट्रिय तथा स्थानीय मानवअधिकारकार समुदाय, राजनीतिक पार्टीहरूका नेता, साहित्यकार, पत्रकार र स्थानीयहरुसमेत पुगेर समवेदना प्रकट गरेका थिए ।

मानवअधिकार तथा नागरिक आन्दोलनका अगुवा पहाडीले राजा विरेन्द्रको परिवारसहित भएको रहस्यमय हत्याको घटनापछिको सकृय राजतन्त्रका बिरुध्दको आन्दोलन (जन-आन्दोलन -२ बिसं २०६२-६३) का क्रममा नेपालीपोष्टमा नियमित लेख लेखेका थिए । नेपाली पोष्टमा प्रकाशित पहाडीको लेखहरूको संकलन ‘भाँचिएको कलम’ पनि प्रकाशित छ ।

पहाडी र उनको परिवारमा परेको यस दु:खद घडीमा नेपालीपोष्ट परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *