कोमल गजल

 
तिमी भएर त सास छ
सजीव जीवन पास छ
अनन्त साथ छ हर्षको
असीम प्यार र आस छ
जहाँतहीं छ नवीनता
निरन्तरै मधुमास छ
छ पूर्णता सब थोकमा
सुशान्तिको घरबास छ
हराभरा छ वसुन्धरा
मिठासता र सुवास छ
अपूर्वको छ रमाइलो
अतीव स्वच्छ अकास छ
न वेदना छ समीपमा
न दर्प वा परिहास छ
सदैव मेल छ सोचमा
विवादको न तरास छ
नदी बहन्छ बहारको
मनोविनोद विलास छ
सुभावना छ सधैँभरि
प्रशन्नता अझ खास छ
 
ISI  SII  SIS
तालूङ छन्द
विश्राम:- ४ अक्षरमा
 

Add a Comment

Your email address will not be published. Required fields are marked *