बाँकी छ

कति बानि मैले छोडें

कति बानि तिमीले

सम्झौताको लामो लर्को अझै बाँकी छ

प्रेमले भरिएका

सुमधुर सम्बादहरू गर्न बाँकी छ ।

 

केही भिन्न थियो

तिम्रो पालन र संस्कार

केही अलग्ग थियो

मेरो बुझाई र व्यवहार

बेमेल भित्र मेल हुने

त्यही एउटा बिन्दु तोक्न बाँकी छ

प्रेमले भरिएका

सुमधुर  सम्बादहरू गर्न बाँकी छ ।

 

मनै त हो मानक

टाढा-नजिक बनाउने

प्रिय शब्द र व्यवहार नै त हो

सम्बन्धलाई रङ्गाउने

नभत्काई सम्बेदनाका सीमाहरू

सुरक्षा गर्न बाँकी छ

प्रेमले भरिएका

सुमधुर सम्बादहरू  गर्न अझै बाँकी छ ।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *