गजल

 

के गुमायौ खै आफ्नो जवानीमा !
आगो लगाउछु भन्छौ म पानीमा !
एकै नजर देखे भनीन पो उनीले
राख्छु तिम्लाई आँखाको नानीमा !
पराई पो बन्छौ भन्ने कम्पन ले
लुकाए तिम्रा तश्विर सिरानीमा !
लगाम लाउन सकिन्न मायालाई
स्वतन्त्र छोडे नजरको निग्रानीमा !
मन सल्काएर खोज्नेछौ एकदिन्
बद्लीनेछ तन् मेरा यी खरानिमा !

Add a Comment

Your email address will not be published. Required fields are marked *