आखिर के हो त ?
|भगवानसँग पैंचो मागेको जीवन
मृत्युसँगै लिएर जन्मिन्छ
जिवन र मृत्युबिचको अबघी
बाँच्ने रहर बोकेरै बित्छ ।
बालक बनेर जन्मेको जीवन
यौवनको उन्मादमा लहरिन्छ
फूललले झाँगिएर सजाउँछ ।
बिरुवाहरु !
एक पछि अर्को फुल्न थाल्छ
कोपिलाहरु
यौवनको संकेत लिएर
समयको परिधीभित्र
सुवासले सजाउँछ परिवेशहरू
बाध्य हुन्छन् फूलहरु
ओइलाउन प्रकृतीको लयसँगै
ओइलिएर झर्छन् त्यही माटोमा
सानिध्यतामा बिलाउँछन् सुवाससँगै
आएपछि जानु पर्ने सृष्टिको लयमा
चलिरहेछ अनभिज्ञ चक्रब्यूह ।
आजको भोलि नरहन सक्छ
रहेर पनि फेर्न सक्छ शृष्टिकै यात्रा भित्र
सबैमा उही छ-
हेर्ने आँखाको दृष्टि फरक फरक छ
भित्री आँखा बन्द भएसम्म
यथार्तता देख्नै नसकिने रहेछ ।
बस ! कहिलेकहीं अनुभूतिको यात्रामा
बटुलेर बस्छन् अनुभवहरू
सुख दु:खको तराज़ूमा जोख्दै बस्छ
कहाँ भेटिन्छ र बराबरी ?
मनस्थितीमा मनोदशा छट्पटि रहन्छ
असन्तोषका पिडाहरुमा
कहिले यता कहिले उता
कोल्टो फेर्दैमा जीवन बित्छ समयसँग
स्वार्थै स्वार्थको जगतमा जकडिएको
जीवनको घैलाहरु रित्तो रित्तो
सपना दिलाएर रित्तो रित्तो
सपना जगाएर
मरुभूमिको मृगतृष्णामा
भ्रम केवल भ्रम भेट्छ
जब सत्यताको बोध हुन्छ
निरासा बिलिन हुन्छ
समाप्ती, इच्छा, जागृती
सपनामा सपना साँच्दोरहेछ
केवल भ्रम भित्रको भ्रम !!!
आहा अति सुन्दर सिर्जना दिदी