शुभकामना
|![](http://nepalipost.com/beta/wp-content/uploads/2018/02/place-your-ad-here_bigger-300x66.jpg)
शरदलाई सजाउन मौसमले प्रित लायो
भैलो देउसी आशिषले सँस्कृतिको गित गायो
प्रकाश रङ्ग र फूलमा मोहनी जोड्छ मोहन
बेहुली बनिन् धर्ति मधुमास झैं मित पायो
प्राणी वनस्पति पंछीसँग बुझाउँदै यी सम्बन्ध
सँरक्षण दिन उनलाई पूजा गर्ने रित निभायो
जलाउन अँध्यारोलाई जब दिप मुस्कुराइन्
समृद्धिको स्वागत गरी जगतनै हषिर्त बनायो
प्रेमबाहेक सधैं केले आकर्षण गर्छ र यहाँ
बाँडौ सद्भाव सबैमा तिहारले साइत जुरायो ।
![](http://nepalipost.com/beta/wp-content/uploads/2018/02/place-your-ad-here_bigger-300x66.jpg)