नर्थक्यारोलाइनामा महाकवि देवकोटाको सम्झना
|
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थक्यारोलाइना च्याप्टर तथा नर्थक्यारोलाइना नेपाली साहित्य समाजको आयोजनामा यहाँ एक कार्यक्रमबीच महाकवि देवकोटाको १११ औं जन्मजयन्ती सम्पन्न भयो।
कार्यक्रममा साहित्यकार हरिहर भट्टराई (पिएचडी)ले देवकोटाको साहित्यिक योगदान र लोकप्रियताको चर्चा गर्दै हरेक विधामा उहाँको उत्तिकै उत्कृष्ट योगदान रहेको भएको थियो । यसैगरी समाजका नर्थक्यारोलाइना च्याप्टरका सल्लाहकार ईश्वर देवकोटाले महाकवि देवकोटाको व्यक्तित्वबारे प्रकाश पार्दै महाकवि देवकोटा नेपाली साहित्यका विशाल समुद्र रहेको र उनको योगदानको बयान जति गरेपनि कमै हुने उल्लेख गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र साकारले देवकोटा नेपाली साहित्यका एक बरदान प्राप्त व्यक्तित्व भएको र वहाँको स्थान लिनसक्ने साहित्यकार नेपाली साहित्यमा अहिलेसम्म कोही नभएको बताउनु भएको थियो ।
कार्यक्रममा स्थानीय साहित्यकारहरू ठाकुर कार्की, रेवती अधिकारी, रमेसप्रसाद गौतम,विक्रम गौतम,शिशिर खनाल, ऋषि वस्ताकोटी, नम्रता गुरागाई, निर्मला राजभण्डारी, आरती तिमल्सेना, भिमसेन बस्नेत र नेपालबाट अमेरिका भ्रमणमा रहनुभएका साहित्यकार रमेश प्रसाद गौतमलगायतले आ-आफ्ना कविता पाठ गर्नुभएकोथियो । यसै आबसरमा विरोध तिमल्सिनाले महाकवि देवकोटाको “कुन मन्दिरमा जान्छौ यात्री ” गीतगाएका थिए । कार्यक्रममा नर्थक्यारोलाइनाका नेपाली स्कुलका विद्यार्थीहरूले देउसीभैलो गाएका थिए ।
समाजका शिखर दुलालको अध्यक्षतामा गतहप्ता अर्थात अक्टुवर २० का दिन सम्पन्न सम्पन्न यस कार्यक्रमको संचालन उपाध्यक्ष शिशिर खनालको गर्नु भएको थियो भने महासचिव निर्मला राजभण्डारीले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो ।