संकल्प गरौं

एकतामा कति ठूलो शक्ति हुन्छ देखाउन
बिस्तारवादको बिरोधमा आफ्नो नाम लेखाउन
आऊ आवाज मिलाउँ हात मातृभूमि पिडित हुँदा
मित्र बनि कुटिल हुँदै छिमेकीले न्याय लुट्दा ।

मेरो लिपुलेक रोयो, मेरो कालापानी रोयो
देशकै नक्सा बदलिँदा मेरो मन मुटु रोयो
तिमी पनि बोल साथी तिम्री हाम्री आमा एक
टाढा छौं त के भयो ? एउटै भाषा उही हो भेष ।

हिमाल पहाड़ तराई सबै  एकै स्वरमा बोल
देश-विदेश सबै बोलौं अन्यायको पोल खोल्न
संसरमा धर्मात्मा भै मीठो भाषण गर्नेहरू आज
छुरा घोपि रा‘छन् आफ्नो बनि छिर्ने हामी माझ।

हाम्रै दाजु भाइ भर्ती गरि हाम्रै सिमा मिच्नेहरू
मित्र दोस्त छिमेकी भन्दै हाम्रै पिल्लर किच्नेहरू
दोस्त हैनौ तिमी दुश्मनीको नि छैनौ लायक !
ठान्थ्यौं तिमी असल नायक रै’छौ खलनायक ।

आऊ साथी मिलाउँ हात जन्मभूमी तड्पिरा’छ
नाकाबन्धी आलो बनि ज्वालामुखी दन्किरा’छ
सबै मिली एक हौं हामी संसारबाटै बिरोध गरौं
आँशु झर्न दिनु हुन्न आमाको लौ संकल्प गरौं ।

Add a Comment

Your email address will not be published. Required fields are marked *