गजल
|
श्वेत हिमाल मुनि कायरहरुको अखडा छ
चिन्तन र चरित्र गुमाई कुण्ठाकै झगडा छ।
ऋषिमन भन्दै लालीपप खुवाउँछ छिमेकी
लुटिंदै छ इज्जत बेसुरहरुको लफडा छ।
सीमा मिच्ने आरिसेलाई के के नभन्नु खै
राम तिम्रो राज्यमा रावण अझै तगडा छ।
के राजनीतिको धर्म हुँदैन कस्लाई सोध्नु ?
पाण्डव दास बन्यो कौरव अति कडा छ।
अन्धो ,लाटो, बहिरो को को बन्दैछौ अझै
नयाँ वर्तमान कोर्न वीर गोर्खाली खडा छ।
