रहर थिएन

जहर पिउने जीवनमा कहिल्यै रहर थिएन
तर पनि नपिएको खासै कुनै प्रहर रहेन ।।
हिजोसम्म उसको विश्वास गरेरै सँधै धाएँ
विश्वासघात गरे पछि दुष्टको कुनै भर भएन ।।
जहर पिउने जीवनमा …

एउटासङ्ग निस्फिक्री सदैब बाहिर घुम्न जाने
अर्कोसङ्ग नियमित आवासमै सुटुक्क भेट्ने ।
पवित्र छु अझै भन्दै ऊ फैलाउँदै झुटो हल्ला
उल्टै दोषी उही हो भनी चोर औंला ठडाउने ।
जहर पिउने जीवनमा  …  

आँखाले देखेका ती दृश्यहरू बिर्सन सकिन्न
व्यवहारमा भोगिएका चोटहरू मेटेर मेटिन्न ।।
लुकिछिपी ढाँटेर राखेका सम्बन्धहरू उसको
प्रमाणहरू सबै शब्दमा अभिब्यक्त गर्न सकिन्न।।
जहर पिउने जीवनमा  …

Add a Comment

Your email address will not be published. Required fields are marked *