गजल

म धर्ती भैदियँ र, तिमी खुल्ला आकाश भयौ,
म मदहोश भैदियँ र; तिमी सबलाई खास भयौ ।

भन्नेले त भनिदिन्छन झार-पातको केहि अर्थ हुन्न,
म पलाश भैदियँ र;तिमी अग्लिने बाँस भयौ ।

रेटीनै पर्ने रैछ तार; सारंगीको धुन बज्न,
म हिलो भैदियँ र; तिमी मग्न सुबास भयौ ।

निचोर्न सम्म निचोरेसी, के रसाउनु कागती नि’,
म बिजोग भैदियँ र; तिमी सबको आसपास भयौ ।

जंगल मौन बस्छ, सहन्छ; फाँडीएर बस्ति बस्दा,
म बुङ्गै भैदियँ र; तिमी सबको गास-बास भयौ ।
म धर्ती भैदियँ र, तिमी खुल्ला आकाश भयौ,
म मदहोश भैदियँ र; तिमी सबलाई खास भयौ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *