आबाल ब्रह्मचारी षडानन्दको योगदान विषयक गोष्ठी

आबाल ब्रह्मचारी षडानन्द अधिकारीले नेपालको शैक्षिक विकाशमा जन सहयोग परिचालन गरी विसं १९३२ मा भोजपुर जिल्लाको दिङ्लामा विद्यालय र मठ मन्दिरको स्थापना र तिनको सञ्चालनका लागि गुठीको व्यवस्था समेत गरेका थिए । शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने उनै आबाल ब्रह्मचारी षडानन्दको योगदान र बहु आयामिक व्यक्तित्वका सम्बन्धमा यही नोभेम्बर २७ आइतबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठान र आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको सहकार्यमा एक विचार गोष्ठी सम्पन्न भयो।

गोष्ठीमा नेपालको सामाजिक शैक्षिक इतिहासमा षडानन्दको विषयमा प्रा डा गोविन्दमान सिंह कार्कीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यसक्रममा कार्कीले बालागुरू नेपालको सामाजिक तथा शैक्षिक जागरणका अग्रणी व्यक्तित्व भएको चर्चा गर्दै षडानन्दका शैक्षिक विकास र समाज सुधारका कार्यहरुको उल्लेख गर्नु भएको थियो ।

यसै अबसरमा जन सहयोग परिचालन र संस्थागत व्यवस्थापनमा षडानन्दको योगदान विषयको अर्को कार्यपत्र प्रस्तुत गर्दै यादव चापागाईंले आबाल ब्रह्मचारी षडानन्दले जन सहयोग परिचालनमा संस्थाहरुको स्थापनामा बृहत् निर्माण कार्य गरेर आधुनिक व्यवस्थापनको सिध्दान्तको विकास नहुँदै शैक्षिक तथा सामाजिक व्यवस्थापनको उत्कृष्ट नमुना प्रस्तुत गरेको उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती,उपकुलपति डा जगमान गुरुङ, भोजपुरको क्षेत्र नम्बर १ का प्रदेश सभासद राजेन्द्र राई,षडानन्द नगर पालिकाका प्रमुख वीरबल राई,षडानन्द सीताराम गुठी दिङ्लाका अध्यक्ष कृष्ण प्रसाद पौडेल,षडानन्द प्रतिष्ठानका अध्यक्ष प्रा चेतोनाथ गौतमलगायतका अतिथी बक्ताहरूले बालागुरूको योगदानका विषयमा प्रकाश पार्नु भएकोथियो ।

यसरी नै कार्यपत्र प्रस्तुतिपछि विभिन्न २२ जना सहभागीहरुले राखेका जिज्ञाषाहरूको उत्तर पनि कार्यपत्र प्रस्तोताहरुले दिनुभएको थियो ।

षडानन्द प्रतिष्ठानका सचिव प्रा लालानाथ सुवेदीले स्वागत गर्नु भएको सो विचार गोष्ठीमा  सहसचिव निर्मला पोखरेलले उद्‍घोषण गर्नु भएको थियो।

बालागुरू षडानन्दको स्मृति र सम्मानमा  दिङ्लामा स्थापित षडानन्द बहुमुखी क्याम्पसमा स्नातक तहको शिक्षा नि:शुल्क  गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले दीप प्रज्वलन र  षडानन्द प्रतिष्ठानका अध्यक्ष प्रा चेतोनाथ गौतमले बालागुरु षडानन्दको तस्विरमा माल्यार्पण गरेर गोष्ठी प्रारम्भ भएको थियो।

कार्यक्रमका केही झलकहरु :

Add a Comment

Your email address will not be published. Required fields are marked *