गजल
|फेरी उस्तै आकाशमा कतै जुन देखिएन
ढाकिएको छ बादलले मनसुन देखिएन
मलाई जिताउनु परिवर्तन गर्छु भन्छ नेता
अह कहिल्यै जितेपछि उस्को गुन देखिएन
मेरो भाग हो भन्दै खोस्न आउछ छिमेकी
सीमानामा सरकारको बानबुन देखिएन
हरेक दीन न्याय नपाएर मरिरा छन् मान्छे
अदालतले भनि दिन्छ कतै खुन देखिएन
नेपालमा छिट्टै रेल कुदाउछु भन्छ सरकार
कठै आज पनि कर्णालीमा खाने नुन देखिएन
फेरी उस्तै आकाशमा कतै जुन देखिएन
ढाकिएको छ बादलले मनसुन देखिएन