फर्मुला
संसारमा मान्छे सबै आखिर उस्तै हुँदो रहेछ
मुटु फरक तर ढुकढुकि उस्तै चल्दो रहेछ।
जात धर्म उमेर वर्ण अन्ततः तपिसलका कुरा हुन
भौगोलिक भिन्नताको अर्थ के पो हुदो रहेछ र ?
अरूहरूलाई आफूप्रति आर्कषित पार्ने फर्मुला
भाषा फरक भएनि शब्दहरू आखिर उही रहेछ ।
तिम्रो जस्तो सुन्दर मुहार कतै देखेको थिइन
तिमी जस्ति सुशिल संसार भरमा भेटेकै थिइन।
बुझे ढाँटनलाई कुनै प्रमाण-पत्र पेश गर्नु पर्दैन
भन्दिए पुग्ने तिमी बाहेक मेरो अरू कोहि छैन।
5 Comments

कबिता भाबुक , मार्मिक र यथार्थपुरक छ ।
समय र शब्दहरूका लागि धन्यवाद।
कबिता भाबुक , मार्मिक र यथार्थपुरक छ ।
मनपराई दिनु भएकोमा धेरै धेरै धन्यवाद।
मेरो भावनाको कदर गरि कविता प्रकाशित गरिदिनु भएकोमा नेपाली पोष्ट प्रति आभार ब्यक्त गर्दछु। साथै आदरणिय पाठकहरूले मेरा अन्य रचनाहरू जस्तै यसलाई पनि माया गरिदिनु हुन अनुरोछ गर्दछु। धन्यवाद।