विश्वनाथ क्षेत्री पेन्सिलभानिया गर्भनरका सल्लाहाकार कमिशनमा

पेन्सिलभानिया राज्यका गभर्नर टम उल्फले भूटानी अमेरिकी विश्वनाथ क्षेत्रीलाई एसियन प्यासिफिक अमेरिकी एफयर्सको सल्लाहाकार कमिशनमा सन् २०२१ को डिसेम्बर ९ सम्मकालागि नियुक्त गरेका छन् ।

भूटानको प्रजातान्त्रिक आन्दोलनका नेता टेकनाथ रिजालसँगै भूटानको प्रजातान्त्रिक आन्दोलनका पक्षमा रहेर आन्दोलन गर्ने विद्यार्थी नेताका रुपमा परिचित थिए । क्षेत्रीले रिजालसँगै केही समय भूटानमै कठोर जेल जीवन बिताएका हुन् । जेलबाट निस्केपछि भागेर सन् १९९० ताका नेपाल आएका थिए । त्यसपछि सन् १९९९ मा नेपाल हुँदै अमेरिका आएका हुन् ।

क्षेत्रीले अमेरिकास्थित भर्जिनिया राज्यको भर्जिनिया डिर्पाटमेन्ट अफ मोटर भेइकल कार्यालयमा केही वर्ष मेनेजर रही काम गरिसकेपछि बिगत २ वर्षदेखि पेन्सिलभानियाको डाउपिन काउन्टिमा एक छोरी र श्रीमतीसहित बसोबास गर्दै आएका छन् ।

साउथ एसियन क्षेत्रबाट आएर पेन्सिलभानियमा बसोबास गर्ने आप्रवासीहरुको समेत प्रतिनिधित्व हुनेगरी क्षेत्रीलाई सल्लाहाकार कमिशनका लागि गएको गएको डिसेम्बर ९ देखि लागू हुनेगरी नियुक्ती दिइएको गर्भनरद्धारा हस्ताक्षर गरिएको पत्रका उल्लेख छ । डेमोक्रयाटिक दलका तर्फबाट गर्भनर रहेका टम उल्फलाई यसरी सल्लाहा दिन अन्य विभिन्न क्षेत्रका गरी ३१ जना सल्लाहाकार कमिशन समुह रहेको छ ।

क्षेत्री हाल पेन्सिलभानिया राज्यमै घर किनबेच गर्ने एक स्वतन्त्र व्यवसायी पनि हुन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *