सामुदायिक भवन खरिद प्रक्रिया शुरू: एक मिलियन डलर सङ्कलनका लागि आह्वान

ग्रेटर वाशिंटन डीसी महानगर क्षेत्रका नेपालीहरुको सामुदायिक भवन निर्माण अभियानले अब मुर्तरुप लिने भएको छ ।  केही दिन पहिले मात्र भर्जिनियाको मनासस सिटीस्थित क्षेत्रमा ३.११ एकर जमिनमा रहेको २ वटा भवन सत्र लाख (१.७ मिलियन डलर) मा खरिद गर्ने प्रक्रिया शुरु भएसँगै सामुदायिक भवन निर्माणको अभियानले औपचारिकरुप लिएको हो ।

नेपाली सामुदायिक भवनका लागि प्रस्तावित २ वटा भवनमा ३ सयवटा भन्दा बढी कार पार्किङ्गको सुविधा रहेको छ । यसैमध्ये एकमा हाल करिब ३ सय ५० सीटको क्षमता मिटिङ्ग हल रहेकोमा त्यसलाई  विस्तार गरेर ५०० सीटभन्दा बढीको सामुदायिक हल, डेढ दुई सय सिटका थप  १-२ वटा स-साना हलका अतिरिक्त अन्य धेरै आवश्यक संरचनाहरू निर्माण गर्न सकिन्छ ।

सन् २०१९ जुन २२-२९ को बिच यसै क्षेत्रमा सम्पन्न सप्ताह (महापुराण) बाट शुरु गरिएको यो अभियानले अब निर्णायक मोड लिएको हो । सप्ताहका क्रममा ८ सय २० जनाभन्दा बढी दाताहरूबाट तत्काल करिब १० लाख डलरभन्दा केही बढी नगद नै सङ्कलन भएको भएको थियो । सोही अबसरमा दाताहरूले थप १० लाख डलरभन्दा केही बढी रकम आगामी अप्रेलसम्ममा दिने कबोल गरेका थिए । यही अभियान अन्तरगत गत तिहारमा देउसी-भैलो कार्यक्रमबाट पनि ३४ हजार २ सय ८८ डलर रकम सङ्कलन गरिएको थियो ।

सामुदायिक भवन खरिदको प्रारम्भिक प्रक्रिया शुरु भए यता सो भवन खरिदका लागि ५० हजार डलर बैना बुझाइसकिएको छ । अन्तिम निर्णयका लागि आगामी जनवरी २५ भित्रमा आवश्यक अध्ययन र अन्य खरिद बिक्रि सम्बन्धि प्रक्रिया पुरा गरेपछि आगामी फेब्रुवरी १५ मा सो प्रोपर्टी (भवनसहितको जग्गा) अमेरिका नेपाल सामुदायिक भवन(न्याक) को नाममा पास हुनेछ ।

यसैबीच भवन निर्माण अभियानका लागि न्याकका मुख्य पइन्ट अफ कन्ट्याक्ट डा. मदन उप्रेतीले एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त  सम्पत्ति छिन्ती पास गर्न अपुग लगभग १ मिलियन सहयोग जुटाउन पर्ने भएकोले सो  सहयोग गर्न स्थानिय तथा अमेरिकाबासी नेपाली समुदायलाई अपिल गर्नु भएको छ ।

अमेरिकाको अन्य सबै शहरको तुलनामा सबैभन्दा बढी नेपालीहरुको बसोबास रहेको अनुमान गरिने ग्रेटर वाशिंटन डीसी महानगर क्षेत्र(वाशिंगटन डीसी,नर्दन भर्जिनिया र मेरिल्याण्ड/बाल्टिमोर)मा नेपालीहरुका संगठित संस्थाहरूका गतिविधि पनि प्रसस्त नै हुने गरेका छन् । तर पनि यहाँ नेपालीहरुमा सामुदायिक भवनको अभाव खट्किने गरेको थियो । यसै क्षेत्रमा नेपाली पशुपति बुध्द मन्दिर(नेक)  र बाल्टिमोर नेपाली एसोसिएसन(बाना) ले पनि यस प्रकारका प्रयास गर्दै सामुदायिक भवन र मन्दिर संचालनमा ल्याएका छन् । तर यी सबै संस्था र समुदायको पहलमा शुरु गरिएको यो नै अहिलेसम्मको ठूलो सामुदायिक अभियान हो ।

अभियानका सक्रिय अभियन्ता ददी ढुङ्गानाका अनुसार अहिले सामुदायिक भवन निर्माणका लागि गठन गरिएका मूल समिति र अन्य विभिन्न उपसमितिका स्वयम् सेवी सदस्यहरू स्थानीय नेपाली समुदायमा उक्त आवश्यक रकम सङ्कलनका लागि प्रयास गरिरहेका छन् ।

यसै क्रममा यस अभियानका लागि न्याकका तर्फबाट स्थानिय समुदायलाई सहयोगका लागि गरिएको सार्वजनिक आह्वान यस प्रकार छ –

Dear Valued NACC members!

We got news from the seller’s realtor today that church has approved property sale to NACC at $1.7Mil. We already had ratified contract previously, contingent upon approval from the church members. Today’s news finally clears any uncertainty. We are now waiting for formal and final addendum for property sale.
Following are our important dates to finalize this purchase.
1. Closing date is Feb 15, 2020.
2. Study period: Jan 25, 2020 (60 days from most recent ratified contract date, i.e Nov 26, 2010)
3. Earnest Money deposit extension deadline – 12/19/2019. We deposited earnest money of $50,000 on 12/18/2019.
4. Thakur Dhakal is leading a team of engineers and consultants to examine the structural integrity and other engineering issues of the building. We will complete study within study period.
IBOT and IEC is holding a Joint Meeting on Dec 22, 2019 (sunday)
IBOT, IEC and all advisory committee meetings on the weekend of december 28 (tentatively)
General assembly to discuss property and voting process, weekend of Jan 11th or 12th.
Let’s all join our hands together and make collective efforts to raise additional $1 million dollar in the next 6 weeks. We will definitely bring our own community center into operation within a year. Please spread this great news to our members.
Sincerely,
Madan Uprety
POC of NACC iEC

सबैलाई उठाउँ, सबैलाई जुटाउँ र कसैलाई पनि नछुटटाउँ, यो नारा दिइएको नेपाली अमेरिकन सामुदायिक भवन निर्माणमा कसरी सदस्य हुन, सहभागी हुन र सहयोग गर्न सकिन्छ ? यससम्बन्धमा यहाँ उल्लेख गरिएको प्रक्रिया अपनाउन सकिन्छ-

१)  चेक मेल  गर्ने भएमा –
Payable to NACC: लेखेर निम्न ठेगानामा चेक हुलाकबाट पठाउन सकिन्छ-
3615-C Chain Bridge Road, Fairfax VA 22030

२) बैंकमा सिधै जम्मा गर्ने वा अनलाइन ट्रान्सफर गर्ने भएमा-
बैङ्क अफ अमेरिकाको चेकिंग खाता नम्बर – 435046970620
राउटीङ्ग नम्बर –  051000017

३) बैंकमा सिधै जम्मा गर्नु भएमा मेम्बरको नाम डिपोजिट गरेको कागाजमा लेखि nacc@nepalicenter.org मा ईमेल गर्नुहोला।

४) अनलाइन बैङ्क ट्रान्सफर गर्नु भएमा व्यक्तिगत विवरणहरू भर्नु पर्दा पुरा नाम र फ़ोन नम्बर टाइप गर्नु होला । डिपोजिट गरेको कागजमा देहायका कुरा लेखी त्यसको फोटो इमेलमा पठाउनु भएमा रेकर्ड  गर्न सजिलो हुनेछ ।
Your Name :
Spouse’s Name :
Mailing Adress :
Your Email :
Spouse’s Email :
Your phone number :
Spouse’s phone number :

Add a Comment

Your email address will not be published. Required fields are marked *