दुखिरहने मुटु

सँधै तिमीसँग दुखिरहने मुटु
उतै कतै पर
झाडीतिर लुकाएर
स्याउला र पात पतिङ्गरले छोपेर
निस्केको छु म
रित्तै यात्रामा
यतिखेर
आफ्नै मुटु छैन मसँग ।

कति हाइसन्चो !
दुखिरहनु मुटु बोक्नुभन्दा
मुटु बिनाको जीवन जिउनु
तर हेर न !
म दोधारमा छु यताबाट फर्केपछि फेरि त्यो मुटु बोक्न
पात-पतिङ्गरहरु
खोस्रुँ कि नखोस्रुँ ?!

Add a Comment

Your email address will not be published. Required fields are marked *