पहाडीको २९ औँ कृति जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा सार्वजनिक

मानव अधिकार अभियन्ता कृष्ण पहाडीको २९ औं कृति जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा प्रकाशित भएको छ । विभिन्न अखबारहरूमा प्रकाशित पहाडीका २५ वटा लेख संग्रहित यो कृति मानव अधिकार तथा शान्ति समाजले प्रकाशन गरेको हो ।

रु. ३०० मुल्य रहेको १२२ पृष्ठको यो पुस्तक बिक्रिबाट प्राप्त हुने सम्पूर्ण रकम मानव अधिकार तथा शान्ति समाजको अभियान र कार्यक्रममा खर्च गरिने जानकारी समाजले एक विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । यस कृति प्रकाशनमा समाजकाअनुसार शैशव खनाल र आर्य पाण्डे परिवारबाट सहयोग प्राप्त भएको थियो ।

साहित्य-सिर्जनामा कृष्ण पहाडीका १ उपन्यास,२-२ वटा क्रमशः कथा ,गीत, नियात्रा,नाटक, मुक्तक, प्रबन्ध-निबन्ध, ४ कविता, ६ वटा आलेख , १ जेल जर्नल, १ अंग्रेजी कविता र १ हिन्दी कविता संग्रहसमेत २९ वटा कृति प्रकाशित भएका छन् । पहाड़ी समाजका संस्थापक अध्यक्ष हुन् ।

स्मरणीय छ, लोकतान्त्रिक आन्दोलन अर्थात जनआन्दोलन-२ बिसं २०६२-६३ का क्रममा नेपाली पोष्टमा प्रकाशित पहाडीका लेखहरूको संकलन भाँचिएको कलम नेपालीपोष्टले पनि प्रकाशित गरेको थियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *