न्याकको भेला आह्वान:एक महिनाभित्र ४ लाख डलर संकलनको लक्ष्य

संयुक्त राज्य अमेरिकाको राजधानी ग्रेटर वासिंटन डिसी  महानगर क्षेत्रमा नेपाली सामुदायिक भवन निर्माणका लागि गत बर्ष स्थापना भएको अमेरिका नेपाल साँस्कृतिक केन्द्र (NACC/न्याक)ले यही जनवरी १२ तारिख आइतबारका दिन आफ्ना सदस्यहरूकाबिच एक विशेष भेला आयोजना गर्दैछ । करिब एक हजार सदस्यहरू रहेको न्याकले स्थापनाको एक बर्ष भित्रै १७ लाख अमेरिकी डलर बराबरको आफ्नै भवन किन्ने योजनालाई पनि कार्यान्वयनको अन्तिम  प्रकृयामा पुर्याइसकेको छ ।

न्याकबाट यसै हप्ता नेपालीपोष्टलाई प्राप्त जानकारीअनुसार हालसम्म १४ लाख अमेरिकी डलर जम्मा भइसकेको छ । आगामी २ बर्ष भित्र थप ८ लाख डलरभन्दा बढि प्राप्त हुने सदस्यहरूले प्रतिबध्दता जनाइसकेका छन् । तर पनि तत्काल ख़रीद गर्ने प्रकृया शुरू गरिएको भवन र जमिनका लागि तोकिएको १७ लाख अमेरिकी डलर बराबरको रकम चुक्ता गर्न आगामी १ महिना भित्र नै करिब ३ लाख ५० हजार जम्मा गरिसक्नु पर्नेछ । सो रक़म जम्मा गर्नका लागि न्याकले रकम संकलन र सदस्यता बनाउने कामलाई तिब्रता दिएको छ ।

यसैबिच न्याकले आफ्ना सदस्य र समुदायका सबैमा प्रगति उन्मुख नेपाली समुदायको आफ्नै भवन निर्माण अभियानमा हरतरहले सहयोग जुटाउन  आर्थिक सहयोग गर्न र सदस्य बन्न पनि अपिल गरेको छ। सोही योजनाअनुसार हालसम्मका गतिविधि र प्रगति,आगामी योजना, बिधान परिमार्जन तथा तत्कालको भवन खरिदका विषयमा छलफल गरेर आवश्यक नीति तय गर्न पनि यो विशेष भेला आयोजना गर्न लागिएको हो ।

न्याकले भएको भर्जनिया राज्यको मनाससस्थित 10501 Balls Ford Rd,20109 VA मा रहेको ३.१ एकड जमिनमा अवस्थित ३ तले भवन र करिब एक हज़ार सिट क्षमतासहितको छुट्टै हल समेत यही फेब्रुवरीको १५ तारिखमा आफ्नो नाममा १७ लाख अमेरिकी डलरमा किन्ने तय भै सकेको छ ।यसको प्रारम्भिक प्रकृया अगाडि बढाउनका लागि ५० हज़ार डलर पनि अग्रिम बुझाइसकिएको छ ।

न्याककाअनुसार नयाँ सदस्य तथा दाताहरू दिनानुदिन थपिंदै छन् भने  यसभन्दा पहिले कबोल गरेको सदस्यहरूले   हरकम बुझाउने र सहयोग रकम थप्ने क्रम जारी छ।
हाल प्रस्तावित भवन ख़रीद प्रक्रिया सहज बनाउन र अन्य नियमित गतिविधिहरू संचालन गर्ने उदेश्यले विभिन्न विज्ञ समूहहरू गठन भएका छन्।जसअनुसार लेखा समिती, रियलटर समिती, ईन्जिनियरिंग समिती, आईटी समिती, प्रशासनिक समिती, तथ्यांक संकलन समिती आदी सकृय रहेका छन् । त्यस्तै संस्थाको वेबसाईट निर्माण गरेर अनलाइन मार्फतका सेवा सुविधाहरू पनि छिट्टै संचालनमा ल्याउने तयारी भइरहेको छ ।

General Meeting information:
Date: Sunday, January 12th 2020
Time: 8.30 am- 12.30 PM
Venue: 12501 Braddock Road Fairfax, VA 22030 (SV Lotus Temple)

Add a Comment

Your email address will not be published. Required fields are marked *