कोमल गजल
|सहारा नखोस दैव
छुराले नघोप दैव
पुकारा छ हात जोडी
शिलाले नठोक दैव
गरेको छु भक्ति तिम्रो
भरोषा नतोड़ दैव
खुसी हौ छ वन्दना यो
बिचल्ली नखोज दैव
दुखेको छु भित्रभित्रै
दशामा नहोम दैव
सुखाशा नपार धूलो
शुभेच्छा नरोक दैव
सधैँ नै छु पास तिम्रो
विरानो नसोच दैव
छन्द :- फुॅगी
३ अक्षरमा विश्राम
ISS ISI SS