गज़ल


प्रवासमा छौँ मन दुख्छ हाम्रो
आवास वा आँगन दुख्छ हाम्रो

माया दया छैन विरान सङ्ग
निसासिॅदै वाञ्छन दुख्छ हाम्रो

रम्दैन आत्मा रसिला कुरामा
पेलानले जोबन दुख्छ हाम्रो

टाढा छ निन्द्रा अनि भोक प्यास
यहाँ सधैँ भोजन दुख्छ हाम्रो

हुन्छौँ सधैँ खिन्न स्वदेश सम्झी
वियोगले आसन दुख्छ हाम्रो

थाकिन्छ आफन्त र बन्धु खोजी
रुँदा रुँदा लोचन दुख्छ हाम्रो

मेशीन झैँ कुद्छ शरीर रोजै
आघातले धड्कन दुख्छ हाम्रो

सुक्छन् सबै सिर्जनका मुहान
उजाडले चिन्तन दुख्छ हाम्रो

देखिन्न डाँफे र गुराँस काहीँ
बेजान भै कानन दुख्छ हाम्रो

न ता छ आराम न शान्त चित्त
पलापला जीवन दुख्छ हाम्रो

(छन्द :-उपजाति)

Add a Comment

Your email address will not be published. Required fields are marked *