सरस्वती पूजासहित नेपाली पाठशालाको बार्षिकोत्सब

अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस सिटीमा नेपाल सहयोगी समाजद्वारा सञ्चालित नेपाली भाषा पाठशालाको चौथो बार्षिकोत्सव सरस्वती पूजासहित एक कार्यक्रमको आयोजना गरेर मनाइयो । समाजले गर्दै आएका विभिन्न सामाजिक गतिबिधीहरु अन्तर्गत नेपाली पाठशाला अमेरिका नेपाल शिक्षा सदन मार्फत सञ्चालित छ |

कार्यक्रममा सामूहिक सरस्वती बन्दनाका साथै नेपाली भाषा पाठशालाका विद्यार्थीहरू आरोही कडेल,इर्षिता श्रेष्ठ,आर्यतारा क्षेत्री ,सम्वृद्धि पौडेल ,गौरव गौतम,चाहत तिमिल्सिना,सुलोक बराल लगायतले नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।

यसै अबसरमा सदनले स्थानीय नेपाली बलबालिकाहरूलाई आधारभूत नेपाली भाषा सिकाउने(लेख्न,बोल्न र पढ्न) उदेश्यले ४ तहका लागि तयार पारिएका  छुट्टा छुट्टै ४ वटा पाठ्यपुस्तकहरु पनि सार्वजनिक गरिएको थियो । पाठशालाका स्वयमसेवी शिक्षक तथा लेखक/सम्पादक  शिव लामिछाने र अभिभावक रमेश ढकालले पुस्तकका सम्बन्धमा चर्चा गरेका थिए भने सामाजिक अभियन्ता गोपी उप्रेती र पाठशालाका  बिद्यार्थीहरू सुनिता अधिकारी,आर्या तारा क्षेत्री,अभिलेखा भण्डारी र रितिष्मा  ढकालले पुस्तकहरू बिमोचन  गरेका थिए ।

समाजका अध्यक्ष केदार तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा सदनका संयोजक  रोम ज्ञवालीले बार्षिक प्रतिवेदन,अभिभावकहरू लक्ष्मण पौडेल,ददी ढुङ्गाना, शिक्षिकहरू जानु ओझा, बिष्णु न्यौपाने,बिधार्थीहरु सम्बोधन पोखरेल र आभाष आचार्यलगायतका वक्ताहरूले पाठशालाको महत्व र भूमिकामाथि चर्चा गरेका थिए | कार्यक्रममा समाजका संरक्षक मधु पन्थी ,समाजका पूर्व अध्यक्ष पदम रेग्मी,अध्यक्ष तिम्सिना ,संयोजक ज्ञवालीद्वारा पाठशालाका विधार्थी,शिक्षक तथा सहयोगी स्वयंसेवीहरूलाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो |

यही फेब्रुवरी ९आइतवारका दिन स्थानीय विद्यालयमा सम्पन्न यसै कार्यक्रमका अबसरमा साइबर सेक्युरिटीका बारेमा जानकारी गराउने उदेश्यले यूजर नेम र पासवर्ड सम्बन्धमा आधारभूत जानकारी पनि गराइएको थियो |

 

Add a Comment

Your email address will not be published. Required fields are marked *