झापालीको मातृभूमिका लागि अभियान

नेपालको सुदूर पूर्वी जिल्ला अर्थात सुर्योदयको जिल्ला झापाबाट संयुक्तराज्य अमेरिकामा आएर बसेका  झापालीहरूले सङ्गठितरुपमा विभिन्न सामाजिक गतिविधिहरु संचालन गर्दै आएका छन् । दुई बर्ष पहिले गठन भएको झापाली समाज अमेरिकाले मातृभूमिका लागि  बर्षको एक सय डलर अभियान चलाउने प्रयास शुरु गरेको छ ।

हालसम्म यस अभियानमा करिब १ सय अमेरिकाबासी झापालीहरुले आफ्नो सहभागिताको प्रतिबद्धता जनाई सकेका छन् भने यो क्रम बढिरहेको समाजका महासचिव नीलम  बिमलीले जानकारी गराएका छन् ।
समाजले झापाका दुई गाउँ पालिकाहरूमा स्थानिय संस्थासँगको सहकार्यमा     एक-एकवटा एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।

जसअनुसार झापा गाउँपालिकाको  शरणामतीमा  स्थानीय रेडक्रससङ्गको सहकार्यमा पाँच लाख पच्चिस हजार बराबरको नेपाली रुपैयाँ पठाइसकेको छ  भने केचनाकबल  गाउँपालिकाको लागि छिट्टै नै पाँच लाख पच्चिस हजार  रुपैयाँ पठाउने तयारी भईरहेको छ । यी दुवै गाउँपालिकाका लागि एम्बुलेन्स किन्न लाग्ने बाँकि पचास प्रतिशत रकम स्थानीय रेडक्रस र गाउँपालिकाले बेहोर्ने छन् ।

यसरी नै अन्तरराष्ट्रिय झापाली समाजले पनि झापा जिल्लाको कमल गाउँपालिका सरङ्गपाडास्थित मिस्त्री बस्तीमा करिब ५० लाख लागतमा ९ वटा भवन निर्माण गरी स्थानीय विपन्न समुदायलाई  हस्तान्तरण गरिसकेको छ। केही बर्ष पहिलेको बाढी प्रभावित विपन्न परिवारका लागि समाजले ती घरहरु नेपाल बाहिर बस्ने नेपालीहरुको सहयोग जुटाएर निर्माण गरेको हो ।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *