मनका तरङ्ग

प्रकृतीको लीला पनि खै कस्तो कस्तो ?!
फरक फरक विचारहरुमा
फरक फरक मान्छेहरुमा
फरक फरक बस्ने मनका तरङ्ग
पानीको फोकाजस्तै
पट्ट पानी मै फुटेर
पानीको सतहमा मिल्छ
जीवन पनि यस्तै रहेछ ।

उचाईमा हिंड्ने पद चाल
ओरालो झर्दाको अत्यासलाग्दो हुर्याइ
चौतारीको पर्खाईमा
जीवन सँधै यसरी नै चलिरहेछ
दु:ख के हो
सुख के हो
आनन्द के हो
मात्र सबै मनकै अनुभूति रहेछ
मनको परिवेशभित्र गुम्सिएको जीवन ।

माया मोहमा लट्पटिएको मन
शान्ति खोजीरहने जीवन
सुन पानी छर्केर चोख्याउनुपर्छ
अनुभुतीमा बदल्नु पर्छ
शुध्द पार्नु पर्छ मन
बुझेर पनि नबुझेजस्तो
नबुझेर पनि बुझेजस्तो
प्रकृती फूलसङ्ग
हावासङ्ग रमेजस्तै
मायाको रसमा
रम्न पर्छ जीवन !

Add a Comment

Your email address will not be published. Required fields are marked *