नेपालीले स्वामित्व लिए सामुदायिक भवनको:

सँयुक्त राज्य अमेरिकाको ग्रेटर वासिंगटन डीसी मेट्रो महानगर क्षेत्रका नेपालीहरूले यही फेब्रुवरी २६ का दिन एक कार्यक्रमकाबिच नेपाली सामुदायिक भवनको स्वामित्व लिएका छन् ।

भर्जिनिया राज्यको प्रिन्सवीलीयम काउण्टी अन्तर्गत मनासस सीटीमा रहेको ३.१ एकरको २ वटा भवन नेपाली अमेरिकन सामुदायिक केन्द्र ( NACC) को नेतृत्वमा नेपाली समुदायले सामुदायिक भवन, नेपाली भाषा पाठशाला, मन्दिर निर्माण तथा अन्य सामाजिक/साँस्कृतिक गतिविधिहरू सन्चालन गर्ने उद्देश्यले नेपाली समुदायले किनेको हो । भवन खरिदका लागि समुदायले १७ लाख डलर चन्दा संकलन गरी भुक्तानी गरेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *