गीत: कति राम्री मायालु


खुलेछ उजेली मदमस्त चाँदनी
फुलेछ लस्करै साँझमा रातरानी
कति राम्री मायालु तिमी यसै आइराख
मन्द मुस्कानले ओठमा छोइराख

तिम्रै लागि प्रकृतिले
मौसम फेरेछ
जून तारा आकाशले
तिमीलाई हेरेछ
कति राम्री मायालु तिमी यसै आइराख
अति हिसी परेकी आँखामा छाइराख

खुलेछ उजेली मदमस्त चाँदनी
फुलेछ लस्करै साँझमा रातरानी

मीठा कुरा राखन
बिहे पछि सम्झन
मजाले हर बिहान
अब संगै ब्यूँझन
कति राम्री मायालु तिमी यसै आइराख
मदिर माया सधैँ मलाई लाइराख

खुलेछ उजेली मदमस्त चाँदनी
फुलेछ लस्करै साँझमा रातरानी

Add a Comment

Your email address will not be published. Required fields are marked *