परदेशमा हाम्रो साझा सपना

चौध फागुन बिसं २०७६ फुल्यो खुसी सारा शरीरै भरी
ठूलो मान र इज्जतै पनि भयो कैलै नभुल्ने गरी।

हाम्रा गौरवका तपस्वी अथवा महान् विभूतिहरू
सप्ताह भरी नै खटेर हिड्ने अरु विद्वान् विदूषीहरु।

सम्पूर्ण जनको सदासय पछि सप्ताह सम्पन्न भो
ज्ञानी बुद्ध सरी भए सब जना निर्वाणको ज्ञान भो।

बाल,बृद्ध र यौवना सबजना रमे रमाए खुबै त्यहाँ
नास्तिकै पनि आस्तिकै बने सप्ताह जो थियो यहाँ ।

नेतृत्व सबलै भए घरघरै के हुन्न रै’ छ हेर हरे !
भाषा, धर्म र सँस्कृति पनि संरक्षण हुन्छ अब रे।

हाम्रो स्वत्व चिनारी राख्न सके बन्दछौं अमर हामी
ठाडो शीर गरेर विश्वजनमा नेपाली भै बाँच्तछौं हामी ।

(नोट: नेपाली सामुदायिक भवन निर्माण अभियान)

Add a Comment

Your email address will not be published. Required fields are marked *