नर्थ क्यारोलाइनामा सरस्वती पूजा

नेपाली पोष्ट प्रतिनिधि
 नर्थ क्यारोलाइनाको नेपाली पाठशालामा यसपालीपनि बिद्याकी देबी सरस्वती माताको पूजा आराधना जनवरी २१, २०१८ मा सम्पन्न गरियो ।

दुइ चरणमा विभाजित पूजाको पहिलो चरणमा अमेरिकामा बस्ने नेपाली भाइबहिनीहरुलाइ सरस्वती पूजाको महत्वको बारेमा जानकारी दिने उदेश्यले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न स्तरका करिव करिब ५० जना विद्यार्थी भाइबहिनीहरु र तिनका अबिभाबकहरुको उपस्थिती थियो । कार्यक्रममा सरस्वती पूजा भनेको के हो किन मनाइन्छ र अबिभाबकहरुले आफनो थोरै समय निकालेर आफना नानीहरुलाइ दिंदा भाषा सिकाइमा कति फरक पर्छ भन्ने आफनो सानो अनुभब पाठशाला संयोजक तथा शिक्षिका सुजाता ढुंगेलले अबिभाबकहरुमा बाडनुको साथै वहांले नेपाली पाठशालाका आगामी योजनाहरुको बारेमा जानकारी दिनुभयो ।

शिक्षिकाहरु क्रमशः रश्मी घिमिरेले “गरे के हुदैन ?” भन्ने आत्माबिश्वास सहभागीहरु दिलाउनु, डा. स्मृति पोखरेलले आफनो भेषभुषा र परम्पराको अरु कसैले नभएर आफैले जोगाउने हो भन्ने विश्वास दिलाउनुको साथैे “म आफनो भाषा र संस्कृतिलाइ मन पराउने भएकीले मलाइ नेपाली पाठशालाले एउटा उपयुक्त ठाउं दिएको छ” भन्दै ११ कक्षामा अध्ययनरत विद्यार्थि शिक्षिका आयुश्मा शर्माले भन्दै गर्दा अबिभाबकहरुसमेत प्रोत्साहित भएका थिए । आ आफनो विषयमा दक्ष शिक्षिकाहरु भाषा र संस्कृति जोगाउनपनि उत्तिकै लागि परेको देख्दा गर्वको महसुस हुन्थ्यो । यसैगरी नेपाली पाठशाला शुरु भएदेखि नै उत्तिके खटेका र अहिले एनसी एनसीका वर्तमान अध्यक्षसमेत रहनुभएका डा.बटु शर्माले अबिभाबकहरुलाइ आफना नानीहरु ल्याउन प्रोत्साहित गर्नुको साथै एनसी एनसीका पूर्व अध्यक्ष अरुण धितालले साना नानीहरुको शिक्षाको को शुरुवात नै सरस्वती पुजाबाट हुने जानकारी दिलाउनु भयो भने पाठशालाको सहयोगी भुमिका खेल्ने प्रतिबद्वता एनसी एनसीका वर्तमान सचिब विक्रम गौतमले जनाउनु भएको थियो ।

सरस्वती पूजाको दोस्रो चरणमा भाइबहिनीहरुलाइ नेपालसंग संबन्धीत कुनैपनि विषयमा खोजिनिति गरुन भन्ने अभिप्रायले आयोजना गरिेएको चित्रकला प्रतियोगितामा ३३ जना विद्यार्थि भाइबहिनीहरुले भाग लिएका थिए । सहभागी मध्येबाटै छुटयाइएको निर्णायक मण्डलले किन्डरगार्टैन देखि ४ कक्षासम्मको चित्रलाइ एउटा समुह र पांचदेखि आठ कक्षासम्मको चित्रलाइ अर्को समुहमा विभाजन गरेर दुबै समुहका पहिलो, दोस्रो र तेस्रो छुटयाएको थियो । उक्त प्रतियोगिहरुका किनडरगार्टेन देखि ४ कक्षाबाट क्रमशः श्रेया ढकाल प्रथम, सेजल घिमिरे द्वितिय र निरिका प्रधान त्रितिय भएका थिए भने पांचदेखि आठ कक्षाबाट क्रमशः सुहानी ढुंगेल प्रथम, समी घिमिरे द्वितिय र हिमांगी नेपाल त्रितिय भएका थिए ।

भाषा र संस्कृतिको सिकाइमा गुरुआमाहरु र अबिभाबकहरुको उत्तिकै भुमिका हुने हुंदा अबिभाबकहरुलाइ आफनो केही समय नानीहरुको नेपाली सिकाइमा दिन अनुरोध गर्दै चित्रकलाका विजयीहरुको नामावली पूर्व शिक्षिका नम्रता आचार्यले पढेर सुनाउनु भयो भने विजयीहरुलाइ साहित्यकार इश्वर देवकोटाले पुरस्कार वितरण गर्नु भएको थियो

Add a Comment

Your email address will not be published. Required fields are marked *