गजल

सजाएर राख्नु मनमा फोटो पठाको छु
टाँसी राख्नु सँधै दिलमा खोटो पठाको छु

कसैलाई नदेखाउनु लुकी लुकी हेर्नू
दिल र फोटो दुबै छोप्न भोटो पठाको छु

जति रोप्यो उति फल्छ सम्झनाको बाली
रहरको ब्याड राख्नु माटो पठाको छु

कति बस्नु एकै ठाउँमा अन्त सर्छु भन्दैछ्यौ रे
हिड्दै हिड्दै यतै आउनु बाटो पठाको छु

मनका भारी उतै छोड्नु नत्र पुग्न ढिलो हुन्छ
रात परे राँको बाल्नु भाटो पठाको छु

Add a Comment

Your email address will not be published. Required fields are marked *