समय

समयको घेराबन्दीमा
अनिश्चित जिन्दगी
था’ छैन कता कोल्टे पर्ने हो
त्यो समय ।

यो समय
भुत/भविष्य अनि वर्तमानको
कठघरामा ठिङ्ग अपराधि भएर उभिएकोछ
हिजो नसोचिएको कथा
आज पोखिएकोछ
भविष्य नदेखेको इतिहास
आज कोरिएकोछ ।

थाहा छैन
समयको क्रूरतामा
भोलिको समयको चक्र
तर वर्तमानमा
डर, त्रास र पीडा भोगिरहेछ
आज
मान्छे आफूलाई बन्धक बनाएर
कोठा भित्र बसेर
समयको क्रुरता बेहोरिरहेकोछ
बिना हातहतियार
संघर्षको मैदानमा
संयम र धैर्यताले
अदृश्य शत्रुसङ्ग भिडिरहेछ ।

संक्रमणको संख्यामा कोहि आत्तिएको छैन
न त मृत्यु संख्या बढेकोमा आत्तिएको छ
न त अदृश्य शक्तिको आकारमा नै
ऊ त निरन्तर जुधिरहेको छ
ऊ त निरन्तर लडिरहेको छ
समयको क्रुरतासङ्ग
आफूलाई बन्दी बनाएर ।

ए बाहिर सडकमा बसेर लड्नेहरु
ए तोप र गोली गट्ठामा विश्वास गर्नेहरु
आऊ भित्र आऊ
यो भिन्नै समयसङ्ग
बन्द कोठाभित्र बसेर
लड्न आऊ
भिड्न आऊ ।

यो समयको लडाईं हो
मानव जाति बिरुद्ध अदृश्य शक्तिसङ्गको
सम्पूर्ण मानव जाति एक भएर ईतिहास रचेको
एउटा ऐतिहासिक संघर्षको ।

उच्च प्रबिधीको समय
औंलाको टुप्पामा सिमित
आफ्नो आकांक्षा पुरा गर्न सकिने
यो समय
आऊ घर भित्र आऊ
भित्रै बसेर खेल
भित्रै बसेर काम गर
भित्रै बसेर टाढासङ्ग सम्बन्ध राख
अनि
यो समय
एउटा अदृश्य लडाईं लड्न
एउटा अदृश्य शत्रुसङ्ग
भित्रै बसेर लड ।

चुपचाप अनि शान्त रहेर
जित्न सकिने
यो क्रुर समयलाई
भुत, भविष्य अनि वर्तमानको
रेखा रेखामा
आऊ
वर्तमानमा चुपचाप चुपचाप
बन्द कोठा भित्र बसेर
आफ्नो आयूको लामो रेख तानौं
यो समयको माग हो ।

त्यसैले संयम गरौं
धैर्यता बाधौँ
अवश्य जितिनेछ
यो लडाईं
यस क्रुर समयमा !!!

One Comment

Leave a Reply to Srijana Rajbhandari Shrestha Cancel reply

Your email address will not be published. Required fields are marked *