कोरोना भाइरसको भयाभय

आइतबार अपरान्ह: पछिल्लो जानकारी अनुसार न्युयोर्कमा कोरोना भाइरसको संक्रमणबाट अस्पतालमा निधन भनिएका ङिमा तेम्बा शेर्पाको मृत्यु नभएको उनका परिवारले समुदायसँग माफी माग्दै जानकारी दिएका छन् ।

 

विश्वभरी अहिले कोभे-१९ (कोरोना भाइरस)ले आक्रान्त पारेको  छ । विश्वभरमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या आइतबार संयुक्त राज्य अमेरिकाको पूर्वी समय दिउँसो १:३० बजेको तथ्यांकअनुसार विश्वमा ६७ हजार २ सय ६० जनाको निधन भइसकेको वीकपिडियाले सार्वजनिक गरेको छ ।

यसमा अमेरिकामा मात्र ९ हजार ३ सय २ जनाको मृत्युभएको छ । त्यसैगरी इटलीमा १५ हजार ८ सय ८७, स्पेनमा १२ हजार ४ सय १८ को निधन भएको छ ।

पछिल्लो तथ्यांकअनुसार अमेरिकाको न्युयोर्कमा मात्र १ लाख १३ हजार ७ सय ४ जना कोरोना भाइरसबाट संक्रमितको संख्या छ भने ३ हजार ५ सय ६५ जनाको निधन भइसकेको छ ।

नेपालीको अवस्था न्युयोर्कमा
संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी बसोबास गर्ने नेपालीहरु न्युयोर्क राज्यमा रहेका छन् ।  न्युयोर्कमा मार्च २४ तारिखमा कोरोना भाइरसकै कारण अनिल लिम्वुले ज्यान गुमाएका थिए ।

यसैगरी अप्रिल ४ र ५ तारिख दुई दिनभित्रमा न्युयोर्कमा नै अरु चार जना अजय छोंचुन, थोक्मे बिष्ट, सोनाम लामा र ङिमा तेम्बा शेर्पाको निधन भएको छ तर उहाँहरुको निधनको कारण कोराना भाइरस नै हो या अन्य कारण आधिकारीक जानकारी नभए पनि कोरानाकै कारण हो भन्नेमा स्थानीय नेपाली बताउँछन् ।

आफन्त नै विरामी भएको थाहा पाए पनि आफूले विरामीलाई खाद्य सामग्री वा अन्य केही बस्तु उसको कोठाको बाहिरसम्म लगेर राखिदिने स्थिति बाहेक अन्य सहयोग गर्ने वातावरण नरहेको कुरा न्युजर्सीमा रहेनुभएका पत्रकार चन्द्र खतिवडा बताउनुहुन्छ ।

स्थानीय नेपालीमा आफूआफूबीच डरको स्थिति भएको र कसैले कसैलाई म विरामी छु भनेर फोन गर्यो भने पनि उसको फोन पुनः अर्को पहिले फोन उठाएको व्यक्तिले नउठाउने अवस्था रहेको न्युयोर्क क्बीन्समा रहँदै आउनुभएका नवराज सापकोटा बताउनुहुन्छ ।

कपितय नेपालीहरु विरामी भएर पनि अस्पताल जान हिचकिचाइरहेका छन् । अस्पतालले पनि विरामी लिइहाल्ला र निको पार्ला भन्ने नभएकाले पनि मान्छेहरुमा डर र त्रास फैलिरहेको सापकोटाको भनाइ छ ।

त्यस्तै न्युयोर्कस्थित ब्रंक्समा बसोबास गर्दै आउनुभएकी मनु लोहोरुङ राई भन्नुहुन्छ, आफू बसेको क्षेत्रमा खासै विरामीहरु धेरै नभएका भए पनि उता ज्याक्सनहाइट क्विन्स क्षेत्रमा नेपाली समुदाय लगायत बंगाली समुदायमा समेत कोराना भाइरसको प्रभाव बढी देखिएको छ । उहाँका अनुसार बंगाली समुदायका समेत ३० जनाको निधन भइसकेको छ भने नेपालीहरुमा आजसम्ममा ५ जनाको निधन भएपनि अझै कति विरामी छन् त्यो भन्न सक्ने अबस्था छैन ।

ज्याक्सनहाइटतिर नेपालीको बाक्लोबस्ती त्यसमा पनि नजिकै एयरपोर्ट अनि धेरैजसो नेपालीहरु उवर चालक भएकाले गर्दा पनि संक्रमण बढेको हुनसक्ने राईको कथन छ ।

एउटा नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने वातावरण समेत नरहेकाले कता कति विरामी भइसके त्यसको आधिकारी तथ्यांक न सरकारी निकायबाट पाइन्छ नत कुनै नेपाली संघसंस्थाले संकलन गर्न सक्ने नै अवस्था छ ।

कोरोना भाइरसबाट बच्न वासिंङटनडीसी मेट्रो क्षेत्रमा रहेका नर्सहरुको समुहले एउटा समुह बनाइ फोनबाट सल्लाहा दिन थालेको छ भने अन्य संघसंस्थाहरुले अमेरिकी सरकारले घोषणा गरेका राहतका बारेमा आफ्नो कम्युनिटीमा जानकारी गराउने प्रयास गर्दै रहेका छन् ।

डीसी, मेरिल्याण्ड र भर्जिनियामामा कोभे-१९ बाट निधन हुनेको संख्या आइतबार दिउँसोसम्मको तथ्यांकअनुसार ४ सय ८४ पुगेको छ ।

अमेरिकास्थित नेपाली दूताबास
अमेरिकास्थित नेपाली दूताबासले आफ्नो वेव साइटमा एउटा चैत्र १९ गते एउटा कोभे १९ को बारेमा सूचना टाँसेर आफ्नो नागरिकहरुप्रतिको जिम्मेवारी निर्वाह पूरा गरेको छ । दूताबासले दिएको नम्बरमा आवश्यक जानकारीका लागि फोन गरे त्यहाँ उपलब्ध कुनै फोन पनि उठ्दैनन । फोन नउठे केही जानकारी चाहिए इमेलमा सम्पर्क गर्न भनिएको छ ।

(तथ्यांकहरु एकएकछिनमा बढ्ने क्रम जारी छ ।)

आइतबार अपरान्ह: पछिल्लो जानकारी अनुसार न्युयोर्कमा कोरोना भाइरसको संक्रमणबाट अस्पतालमा निधन भनिएका ङिमा तेम्बा शेर्पाको मृत्यु भइ नसकेको उनका परिवारले समुदायसँग माफी माग्दै जानकारी दिएका छन् ।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *