चुपचाप चुपचाप नजर चोरी

चुपचाप चुपचाप नजर चोरी
साह्रै सुन्दर मृगलोचनी
अलमलिएँ म रमाइरहेँ
मोहित भएँ लाग्यो मोहनी

सजायौ तिमीले भन कसरी
मैन जस्तो त्यो बदन
मन पर्यो दिलमा कतै
जुधिसकेछ हाम्रो मन

चुपचाप चुपचाप नजर चोरी
साह्रै सुन्दर मृगलोचनी

तिर्खाले खोज्छ शीतल पानी
मेरो त्यस्तै भयो बानी
जबदेखि नजिक आयौ
बदलिएछ जिन्दगानी

चुपचाप चुपचाप नजर चोरी
साह्रै सुन्दर मृगलोचनी
अलमलिएँ म रमाइरहेँ
मोहित भएँ लाग्यो मोहनी

Add a Comment

Your email address will not be published. Required fields are marked *