भाग् कोरोना भाग् !
|निष्ठुर कोरना कहाँबाट आयो
आज सबको मन व्याकुल बनायो
ह्वारह्वारी भाइरसको आगो फालेर
मानव जातीको सातो उडायो ।
यो संसारलाई तहस-नहस बनायो
उपचार नपाई जीवन गयो
जा-जा कोरोना तँ हराएर जा
हाम्रो खुसीलाई डस्न नआइज ।
मन्द मन्द बतासको तालमा
कोरोना नै पो आएछ कालमा
प्राणी जगतलाई चिन्तित बनायो
के हो मान्छे बताएर गयो ।
आज सबैको होस् उडेकोछ
मनमा बेदनाको बाढी आएकोछ
सम्झन्छु यो कोरोना किन पो आयो
आज सबैतिर शुन्यता छायो ।
जताततै आज हा-हाकार छ यस्तो
त्रास बढेर मन भा’छ कस्तो-कस्तो
आकाशमा कालो बादल घुम्छ
हासौं कसरी मन झन् पो दुख्छ ।