कोरोना
|
कोरोना हो दनुज ननिको विश्वविध्वंसकार
अत्याचारी अधम खल हो लोकसंहारकारी ।
अन्यायी हो अति दुख दिने शिष्टताको शिकारी
पापाचारी प्रणय नहुने रोग हो प्राणहारी।।१।।
रोगीलाई तनमनधनको साधनाले सघाऔं
शिष्टाचारी मनुज सब भै रोग चाँडै हटाऔं ।
सेवा गर्दै प्रतिदिन रमी विश्व उम्दा बनाऔं
निष्ठा राखी अवनिजनी स्वर्गजस्तै ।। २।।
कोरोना हो असुर कपटी रोग धेरै नजाती
खोजून् ज्ञाता सुदृढ मतिले ओखती दिव्य जाती ।
रक्षा गर्दै अवनितलको सभ्य हून् मर्त्यजाति
हासौं हामी धरणितलमा शुद्ध बाटा समाती ।।३।।
– मन्दाक्रान्ता छन्द
One Comment
राम्रो लाग्यो सरको कविता ।