कोरोनाले झस्कायो

प्रथम अस्त्रारम्भ बर्सियो चिनियाँ भूमीमा
बिस्तारै टिप्दै गयो इटली कोरिया दीपमा ।

भुसको आगो झैं यो सल्किंदै गयो
पुग्यो बेलायत स्पेन अमेरिकासम्म ।

न धर्म भन्दैछ यसले न त गर्छ जातिय विभेद
न कोही महाशक्ती भन्यो न त अविकसित ।

विधालय कार्यालय व्यापार-व्यवसाय सबै ठप्पै
पछारियो कोरोनाले वालस्ट्रीट पनि आज स्वाट्टै।

न देखिन्छ आँखैबाट न गन्ध नै आउँछ कुनै
न स्वाद नै यसको न त रूप रंग छ कुनै ।

कस्तो अस्त्र हो यो अदृष्य भई संसारै हल्लाउने
ट्याप्प टाँसिई जहाँ छोयो त्यहीं समाति हाल्ने ।

शंका नि’ लाग्न थाल्यो जैविक युद्ध नै हो की
नदेखिने कतै क्षेप्यास्त्र न चल्याछ बारुद गोली ।

त्रास र अन्यौलमा विश्व लडिरहेछ यो युद्ध जित्न
सबै सरकार जनता जोगाउन लाग्दैछन् कसिएरै।

भन्दै घर बित्रै बस्नु ननिस्कनु घुम्न यत्र तत्र तिमी
स्वास्थ्यसेवी आए मन्दिर/मुर्ती प्रतिबिम्ब बनि ।

उठाइदिएका छन् यिनैले जोखिम हाम्रा लागि
भगवान हुन् स्वास्थ्यकर्मी पसले प्रहरी आदी ।

सलाम छ है तिनका यो सब मानव सेवाप्रति
कठीन छ अवस्था आज यो संसारै भरी ।

त्यै पनि नसोच साथी कठिन भयो जिन्दगानी
कल्पौं हामी आज आफ्नो जीवन बन्छ सरली ।

यो लडाईं जोगिने विकल्प त पार्छौं घरभित्रै बसी
घरैमा बसेर नि’ लौ लडौं तिमी हामी सबै मिली।

बुझौं सबैले हो कबच यसको मास्क साबुन पानी
आफ्ना परिवार बाहेक अरुसँग बसौं वारी पारी ।

केही गरी समाएमा यसले नआत्तिनु कत्ती पनि
पकाइ खानु जडीबुटी औषधी र कागती पानी।

जानिराखे उच्च मनोबल पनि हो अर्को ओखती
झस्काइदिएको छ यस कोरोनाले जगतै भरी ।

धनी गरीब तेरो मेरो भौतिक संसार सब झुठो भो
नलाग्ने रहेछ विजय गर्न कसैको प्रकृती माथी ।

सिकायो समयले चित्रमा धर्काले छुट्याउँदैमा
मान्छेका समस्या बेग्लै हुन्नन् तल माथि कति ।

स्वास्थ्यभन्दा ठूलो अर्को कुनै धन छैन भनी
प्रकृतीमा विजय ठान्ने बसे पिंजडामा अड्की।

प्रकृती र विज्ञानको मुठभेडमा सबको विचल्ली
झर्ना खोला रुख बगैंचा हाँसिरहेछन् हिजो सरी।

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *