बुधबार र विहीबार गरेर दुई नेपालीको न्युयोर्कमा निधन

कोरोना संक्रमणबाट न्युयोर्कमा निधन हुनेहरुमा नेपालीहरु पनि थपिदै गएका छन् । बुधबार मात्र ५४ वर्षिय पवनकुमार मल्लको कोरोनाकै कारण निधनभएको थियो भने आज विहीबार अर्का एक ७० वर्षिय महेश अमात्यको निधन भएको छ ।

पवन कुमार मल्ल कोरोना भाइरस लागेपछि आफू बसेकै ठाउँमा उपचारार्थ रहनुभएको थियो भने ७० वर्षिय महेश अमात्यलाई बुधबार राती श्वास फेर्न अप्ठारो भएपछि स्थानीय क्वीन्सस्थित जमैका अस्पतालमा लगिएको थियो । बिहिबार १६ तारिख बिहान उहाँको निधन भएको अस्पतालले जानकारी गराएको पारिवारिक स्रोतबाट थाहा भएको छ ।

अमात्य धनकुटा निवासी हुनुहन्छ । उहाँका तीन छोरा र श्रीमती शारदालक्ष्मी हुनुहुन्छ । हाल श्रीमतीका साथ उहाँ न्युयोर्कमा हुनुहुन्थ्यो भने दुई छोरा नेपालमा र अर्का एक छोरा अमेरिकामै रहँदै आउनुभएको छ । पवन मल्लको भने श्रीमती र दुई छोरी काठमाडौंमा रहँदै आउनुभएको छ ।

अहिलेसम्म कोरोना भाइरसको कारण न्युयोर्कमा मात्र सात जनाले ज्यान गुमाइसकेका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *