प्रतिक्षा
|खुला हावामा जबजब तिमी सकसकाउँछ्यौ
प्रेमिल ती गगन छोएर सँग-सँगै
उडिदीन मन लाग्छ।
तिम्रै रमिते बनेर ति नयन भरि
इन्द्रेणी छरिदीन मन लाग्छ
जब तिम्रा यौवनहरुले साउती गर्छन
खै किन हो अधरभरि सिङ्गारिएर
तिम्रै स्पर्श गरिरहन मन लाग्छ ।
हो !
तिमी हरेक वर्ष यसरी नै आउने गर्छ्यौ
हृदयको आकाश छ्याङ्गै पार्दै आउँछ्यौ
मनका तरेली खुलाइदियेर जाने गर्छ्यौ ।
कुनै पनि ठाउँ छोड्दिनौ तिमीले
सारा संसार पालैपालो छपक्कै छाउने तिमी
हरेक प्रेमिल मन मनमा छाउँछ्यौ
सुख दुखहरुका गाथाहरुमा पनि धाउँछ्यौ
तिम्रो खुबी नै त होला
सजीव वर्ग त के निर्जिव ढुङ्गालाई पनि मोहित पारेर फर्किन्छ्यौ।
गएको वर्ष पनि मायाका अनगिन्ती कथाहरु रचेर गयौ
कैयौं युगल जोडिहरुलाई नयाँ मुस्कान
दिलाएर गएकी थियौ
कैयौं कुण्ठाहरु ब्युँझाएर गएकि थियौ ।
तिमिलाई थाहै होला
आजकाल
यहाँका प्रेमकथाहरु अशक्त हुँदैछन्
डसिंदैछन समयका मागहरुसँगै
यहाँ कुनै नयाँ पपरजीवी संक्रमित भएर
संसार हतोत्साहित पारिरहेछ
खोजीको अवधारणाले किटि सक्यो रे
समसितोष्णताको पर्खाई मात्रै बाँकि छ अब
त्यसैले बढाउ तिम्रा तापक्रमका डिग्रिहरु
र फुलाऊ ढकमक्क संसारलाई तिम्रै यौवनका गुराँसहरुले
तिम्रै विगतझै भरोषाका खुराकहरुले ।
र,
यस पटक तिम्रो आगमनसँगै
यो भुगोलबाटै
परजीवीहरु सारा नष्ट हुनै पर्ने भएको छ
अब तिम्रै एउटैमात्र त भरोषा रहेको छ
विज्ञानले चुनौती खेपिसक्यो
खोज अनुसन्धान त जारी नै रहेकाछन्
हुन देऊ
तर तिमी नपर्ख अब
सारा विश्व तिम्रै विश्वासमा छ
तिम्रै आगमनकै भरोसामा छ
पृय शिशिर
तिमि तातो सूर्य लिएर
दिल खोलेर आऊ
उस्तै प्रेमिल बनेर आऊ
सारा संसारलाई क्षतविक्षतबाट बचाउन आऊ ।