सम्बोधन
|काउकुति लाग्छ
लाज लाग्छ
भुतुक्क हुन्छु
एकान्त अनि
भीडमा पनि
बाटोघाटो जाँहिताँहि
त्यसो नभन्नु है ।
आफूलाई नै भनेको
हो कि होइन
ठम्याउन गाह्रो लाग्छ
कविजी भन्छन्-
मलाई त कस्तो कस्तो
अप्ठ्यारो लाग्छ
आफ्नै बच्चादेखिको
बोलाउने नाम सुन्न
प्यारो लाग्छ।
5 Comments
मेरो कविता “सम्बोधन” प्रकाशित गरिदिनु भएकोमा नेपाली पोष्ट डट कम प्रति हार्दिक आभार ब्यक्त गर्दछु। धन्यवाद।
…..तर बालखमा बोलाउने प्यारो नामको उल्लेख चैं भएन!
भन्दा वा भनौं लेख्दा लाज लादो भएर पो हो कि!?
जे होस्, रचना राम्रो छ!
बोलाउने नाम सहदेव नै हो। जिज्ञासाका लागि धन्यवाद।
Best of luck. Soo sweets poem
Thank you so much for your kind words.