गीत
|जिन्दगी यो किताब भए पाना गन्दै पढ्ने थिएँ
लेखिए झैं सोझै बाटो हेर्दै अघि बढ्ने थिएँ
कति खुशी कति पीडा भोग्नु पर्छ राख्थें गनी
के के पाउँछु के गुमाउँछु हुने थियो थाहा पनि
बाटो भरि फूल छ कि काडा पहिल्यै देख्ने थिएँ
काडा छोडी हरेक पाइला फूल माथि टेक्ने थिएँ
च्याति दिंन्थे दु:खका ती सबै पानाहरु जति
सुखका ति पलहरुलाई जतन गरी राख्थें कति
कस्तो दिन आउँछ भोलि ऐना सरी हेर्ने थिएँ
सम्हालेर राख्थें सुदिन कुदिन सबै केर्ने थिएँ ।