अस्तित्व आत्मसात्

तिमीसँग गाँसिएका क्षणहरु
तिमी र म भित्र
पलाएका मायाका सुवासहरु
सिगारिंदै छ जिवनका लयहरु
पल पल गर्दै समय बितेको
पत्तै भएन जिवन हिंडेको ।

आज पनि मेरो लागि तिमी त्यस्तै छौ
जस्तो मैले सजाएँ कल्पनाको लहरहरुमा
तिमी आयौ म मा
मायाको कोसेली बोकेर
मैले थम थमाएर सजाएँ
ति पलहरु जिवनको पन्नाहरुमा ।

अजम्बरी फूल बनेर
सजिएको छ जिवनका लहरहरुमा
बग्दैछौ हामी अनन्त यात्रामा
तिमीसँगै जिउने रहरहरुमा
कहिले झर्ना
कहिले नदी बनेर
बाटो बनायौं मायाको
तिम्रो र मेरो अस्तित्व आत्मसात् गर्दै ।

मायाको छालमा तिमी पनि रमायौ
म पनि रमाएँ समर्पित भावमा
चोखोमायाका बिम्बहरु
आकाश जस्तै ओत लियर
धरती जस्तै सुन्दर रस भरेर
मायाको छितिजमा
म र तिमी
घामसँगै नयाँ जागरण
चन्द्रमासँगै शितलता बोकेर
रमाउँदैं छौं जिवनका क्षणहरुमा
तिम्रो र मेरो अस्तित्व बोकेर ।

Add a Comment

Your email address will not be published. Required fields are marked *