बिर्सेको अतित

गुनगुन गरी म गीत गाउँछु मनको विलौना
पहाडकी चरी रुखकी डाली आइरहन्छ सम्झना
सिरीरी हावा चल्दछ त्यहाँ बासना फूलैको
सम्झना आउँछ मुलको पानी कल्कल पिएको ।

हाँसी र खुसी नाच्तछन् वाला घर छ उज्यालो
खेतमा फुल्छ सुनको फूल मनमा दियालो
अतित सम्झी झार्दा हुन् आँसु ती वन पाखाले
सुकेको दिल सेचन गर्दै सितको थोपाले

सम्हाल्न मन नसकी ऊ एक्लै रुँदो हो
एकान्त बसी रोएको दिल आँसुले धुँदो हो
बिर्सेको अतित सम्झना आयो चम्के झैं बिजुली
विवशताले नै भुलाइ दियो मनले नभुली ।

Add a Comment

Your email address will not be published. Required fields are marked *