कम्युटरमा भाइरस लागे झैं भो’ जिन्दगी !?
|सरर्र दौडिएको दैनिकी ठप्प अडिएको छ
कोरोनाले संक्रमण नभएकाहरुमा पनि
दिनचर्या संक्रमित र शिथिल बनेको छ
उठ्न खोजेका योजना र इच्छा थेचारिएको छ
अनिश्चित भोलि कस्तो बनेर आउने हो
अदृष्य भयले सबलाई कसिरहेको छ ।
सबका हृदयमा कौतुहलताले गाडेको जरो
एक्कासी घरभित्रै मात्र बसिरहन निकै सारो
भित्रै बस्ने बानिले बाहिर निक्लन हुँदैछ गाह्रो
मान्छे देख्दा नी’ तर्कनु पर्ने छुन पनि डर लाग्ने
कसैले भलाकुसारी सोद्धा यती बेला म भन्दछु-
चल्दाचल्दै गरेको कम्प्युटरमा
भाइरस लागे झैं भो जीन्दगी ।
कहिले की बोर्डले काम गर्दैन
कहिले माउस चल्दैन
याप्लिकेसन चले सुस्त-सुस्त चले झैं गर्छ
आजकाल यो जिन्दगीमा भाइरस लाग्याछ ।
मेरो र तिम्रो जीवनले एउटै ब्यथा झेल्दैछ
जीवन चल्याछ भनम् भने अचल भा’छ
अचल नै भनम् कसरी
अड्कली अड्कली अघि सर्न खोज्दैछ ।
सरर्र दौडिएको दैनिकी ठप्प अडेको छ
कम्युटर रिस्टार्ट गरेझैं हाम्रो दैनिकी हुँदैछ
बिना ग्यारेन्टी ट्राएल एन्ड एररको सिध्दान्त झैं
ट्राएलमा पास भईएमा
भोलिको जीवन पनि वरदान हुनेछ ।
हो साथी !
यतिबेला हाम्रो जिन्दगी पनि
कम्युटरमा भाइरस लागेझैं भा’को छ ।